ललितपुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न माग गर्नुभएको छ । आफूहरू जिल्लाका व्यवसायीका कार्यक्रम र वस्तुगत कार्यक्रममा जाँदा पनि व्यवसायीले उद्योगी व्यवसायीको मर्यादाक्रम राख्नुपर्ने कुरा गम्भीररूपमा उठाइरहेको उहाँले बताउनुभयो । शनिबार ललितपुरमा आयोजित नेपाल हस्तकला महासंघको ४३औँ वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष ढकालले उत्कृष्ट व्यवसायी सम्मान (सिआइपी) का क्रममा पनि आफूहरूले धेरै असहज र कठिन परिस्थितिको सामना गर्नुपरेको भन्दै परिस्थिति सहज बनाइदिन उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको ध्यानाकर्षण गराउनुभयो ।
व्यवसायीको सम्मानका लागि सामान्य नीति बनाएर लागू गर्न सकिने र त्यस्तो नीति बनाउन राज्यको खर्च नहुने उहाँको भनाइ थियो ।
गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार उद्योगी व्यवसायीलाई राष्ट्रिय मर्यादाक्रममा समेट्न सकारात्मक रहेको बताउनुभयो । समग्र मर्यादाक्रमबारेमा मन्त्रालय र सरकारका अरू निकायबीच छलफल भइरहेको जानकारी गराउँदै उहाँले चाँडै नै उद्योगीका समस्या समाधानका लागि प्रधानमन्त्रीसहित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरू सम्बन्धित निकायसहितको बैठक बोलाउने बताउनुभयो ।
साथै मन्त्री श्रेष्ठले नेपालमा तत्कालै ठूला उद्योग स्थापना गरेर अघि बढ्न सकिने अवस्था नरहेकाले सरकारले तुलनात्मक लाभका क्षेत्र पहिचान गर्ने र त्यसलाई अघि बढाउने कामलाई प्राथमिकता दिएको बताउनुभयो । तर, पहिलेदेखि भइरहेका तर तुलनात्मक लाभका क्षेत्रलाई प्राथमिकता दिनुपर्ने र त्यसमध्ये हस्तकला उद्योग सर्वोपरी प्राथमिकता दिनुपर्ने क्षेत्रमध्ये एक रहेको उहाँले बताउनुभयो । हस्तकला क्षेत्रको विकासका लागि सोसम्बन्धी विश्वविद्यालय बनाउने विषयमा पनि सरकार सम्बन्धित पक्षसँग छलफल गरेर अघि बढ्न तयार रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।
महासंघको मागअनुसार हस्तकला निर्यात विकास मन्त्रालय भने सम्भव नरहेको तर हस्तकलासम्बन्धी छुट्टै विभाग भने बनाउन सकिने पनि उहाँले जानकारी गराउनुभयो । महासंघ अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला क्षेत्र देशको कला संस्कृतिको संरक्षण, सम्वद्र्धन, पर्यटन प्रवद्र्धन, निर्यातका साथै रोजगारी सिर्जनामा समेत महत्वपूर्णयोगदान पुर्याउँदै आएकाले सरकारले हस्तकला क्षेत्रलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । जसका लागि हस्तकला नीति, हस्तकला विश्वविद्यालयका साथै हस्तकला मन्त्रालयकै व्यवस्था हुनुपर्ने उहाँको भनाइ थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच