काठमाडौं । समृद्धि फाइनान्सले आइतबार गैरशाखाबाट न्यानो कपडा वितरण कार्यक्रमअन्तर्गत शाखा कार्यालय आसपासको विलासी नगरपालिका १, २, ७ हरिपुर नगरपालिका ३ र चन्द्रनगर गाउँपालिका १ को पिपरिया, सर्सिया, गैर, लगुवा र फरहदवाका विपन्न वर्गलाई ब्याङ्केट वितरण गरेको छ ।
कम्पनीले मासिकरूपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गतको कार्यक्रमको सूचीमध्ये न्यानो कपडा वितरण कार्यक्रमअन्तर्गत २४ घरधुरीलाई ब्याङ्केट वितरण कार्य सम्पन्न गरेको हो ।
कम्पनीका शाखा प्रमुख रामहरि निरौलाको अध्यक्षता तथा कविलासी नगरपालिका मेयर ब्रहृमदेव रायको उपस्थितिमा भएको कार्यक्रममा स्थानीय व्यापारी उपेन्द्र राय, पुरन महतो कोइरी, मनोज ठाकुर, वडाध्यक्ष रामपुकार मण्डललगायतले बोलेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच