
लखनउ । भारतका दिग्गज कवि एवं गजलकार मुनव्वर रानाको निधन भएको छ । उहाँको उत्तर प्रदेशको राजधानी लखनऊस्थित एक अस्पतालमा आइतबार राति निधन भएको हो । ७१ वर्षीय रानाको सोमबार अन्तिम संस्कार गरिएको छ । रानाको ‘मा’ निकै चर्चित कवितामध्ये एक हो । उर्दू साहित्यको उन्नयनमा उहाँको खास योगदान छ ।
उत्तर प्रदेशको रायबरेलीमा २६ डिसेम्बर १९५२ मा उहाँको जन्म भएको थियो । उहाँ उर्दूसहित हिन्दी र अवधी भाषामा लेख्नुहुन्थ्यो । देशमा बढ्दो असहिष्णुताको विरोधमा अक्टुबर २०१५ मा उहाँले आफ्नो साहित्य एकेडमी पुरस्कार फिर्ता गर्नुभएको थियो । उहाँलाई सन् २०१४ मा पुस्तक ‘शाहदाबा’ का लागि साहित्य एकेडमी पुरस्कार प्रदान गरिएको थियो । सन् २०१२ मा उहाँलाई उर्दू साहित्यमा सेवा गरेकोमा शहीद शोध संस्थानले ‘माटी रतन’ सम्मान अर्पण गरेको थियो ।
उहाँको निधनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गर्दै लेख्नुभएको छ, ‘मुनव्वर रानाको निधनको खबरले दुःखी छु । उहाँले उर्दू साहित्य र शायरी जगतमा महत्वपूर्ण योगदान गर्नुभयो । उहाँको परिवार र प्रशंसकप्रति मेरो समवेदना । उहाँको आत्माले शान्ति पाओस् ।’ रानाका श्रीमती, चार छोरी र एक छोरा हुनुहुन्छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच