काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत चौदण्डीगढी नगरपालिका ८ उदयपुरस्थित विद्यालयलाई सहयोग प्रदान गरेको हो ।
विद्यालयमा अध्ययनरत अधिकांश विद्यार्थी दलित, जनजाति तथा विपन्न परिवारबाट रहेका र उनीहरूको आर्थिक अवस्था सबल नभएका कारण जाडोमा न्यानो कपडा खरिद गर्न कठिनाइ हुने भएकाले न्यानो स्वेटर प्रदान गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार विद्यालयमा आयोजित एक कार्यक्रमबीच कक्षा नर्सरीदेखि कक्षा १० सम्मका एक सय ९१ विद्यार्थीलाई स्वेटर प्रदान गरिएको हो । साथै सिटिजन्स बैंक कालिकानगर शाखा, बुटवलले पनि स्थानीय मायादेवी जनजागृति आधारभूत विद्यालयका ९० विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच