जबरजस्ती करणी गराउने मतियारसहित ३ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

दाङ । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गराउन लगाएको मतियारसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा राजपुर गाउँपालिका-७ सिप्टा बस्ने ४३ वर्षीय सुकविर कुमाल र सोही गाउँपालिका-६ बस्ने १० वर्षीय २ जना बालक रहेका छन् ।

सुकविरले ४ जना बालकहरूलाई ती बालिकालाई जबरजस्ती करणी गर्न लगाएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय खांग्राबाट खटिएको प्रहरीले ५ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूमध्ये २ जना बालकलाई आफन्तको जिम्मा लगाई पठाइएको छ भने सुकवीर कुमाल र अन्य २ जना बालकउपर जिल्ला अदालत दाङबाट म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?