एकै वर्ष लोकसेवाको ५ परीक्षामा सफल गुल्मीकी मनिषालाई एमाले अध्यक्ष ओलीको बधाई

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एकै वर्षमा लोकसेवा आयोगले लिएको पाँच वटा परीक्षामा सफल हुनुभएकी गुल्मीकी मनिषा जिसीलाई बधाई दिनुभएको छ ।

अनलाइनमा मनिषाले लोकसेवाको परीक्षामा सफलताको कथा पढेको भन्दै एमाले अध्यक्ष ओलीले सामाजिक सञ्जालबाछ.ट बधाइ दिनुभएको हो ।

गुल्मीकी मनीषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल हुनुभएको थियो ।

सो बिषयमा अध्यक्ष ओलीले बधाईसहित लेख्नुभएको छ, ‘गुल्मीकी मनीषा जिसीले लोकसेवा आयोगले लिएको विभिन्न पदको परीक्षामा एकै वर्षमा पाँच वटा पदमा नाम निकाल्न सफल भएको समाचार आज अनलाइनहरुमा पढें । यो सुखद् खबर हो ।’

अध्यक्ष ओलीले मनिषाको सफलता नेपाली युवा पुस्ताका लागि सुखद समाचार रहेको पनि बताउनु भएको छ । ‘मेहनत गर्नेलाई स्वदेशमै अवसर छ भन्ने सकारात्मक सन्देश यसले दिएको छ । मनीषा नानीलाई बधाई, अब काममा पनि त्यस्तै सफलता प्राप्त होओस, शुभकामना !,’ अध्यक्ष ओलीले लेख्नुभएको छ ।

मनिषाले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गर्नुभएको छ । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गर्नुभएको हो ।

उहाँले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गर्नुभएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?