
काठमाडौं । सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर केही दिनदेखि जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच विवाद सुरु भएको छ।
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउने तयारी भएपछि जनमतका अध्यक्ष डा. सिके राउतले चर्को विरोध गर्दै आउनु भएको छ । जनताबाट तिरस्कृत पात्र (निर्वाचन हारेका) बाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराउन नहुने जनमतको अडान छ ।
यसैबीच जनमत पार्टीले विभिन्न ७ बुँदे माग राख्दै कृषि विश्वविद्यालयमा तालाबन्दी समेत गरेको छ ।कृषि विश्वविद्यालयलाई कुनै पार्टी विशेषको निजी सम्पत्ति बनाएर भ्रष्टाचार र गैरकानूनी हर्कत भएको भन्दै जनमतले आजदेखि आन्दोलनसहित विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।
यसबारे जनमतले मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई उक्त शिलान्यास कार्यक्रम तत्काललाई रोक्न आग्रह गरेको थियो । तर, मुख्यमन्त्री यादवले सबै तयारी पूरा भइसकेको र कार्यक्रम रोक्न नमिल्ने जानकारी गराएपछि जनमत आन्दोलनसहित तालाबन्दीमा उत्रिएको हो ।
विश्वविद्यालयमा दलीयकरण बन्द हुनुपर्ने, गैरवैधानिक काममा रोक लगाउनुपर्ने, विश्वविद्यालयको डि.पी.आर.मा भएको भ्रष्टाचारको छानबिन हुनुपर्ने जनमत बताएकाे छ ।
साथै ठेकापट्टामा भइरहेको मिलेमतो बन्द हुनुपर्ने, परीक्षा बोर्डबिना लिइएको परीक्षाको छानबिन गरिनुपर्ने, न्युक्तिमा राजनीतिकरणको अन्त्य हुनुपर्ने र ऐन कानूनलाई पूर्ण रूपमा कार्यान्वयन गरिनुपर्ने जनमतको माग छ ।
तालाबन्दीपछि अध्यक्ष राउतले सप्तरीमा सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र समेत लेख्नुभएको छ ।
केन्द्रीय सचिव बीपी साहका अनुसार सो पत्र इमेलबाट गृह मन्त्रालय पठाइउको छ भने सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ ।
सो विश्वविद्यालय सप्तरीको २ नम्बर निर्वाचन क्षेत्र अन्तर्गत पर्छ भने सोही क्षेत्र बाट जनमतका अध्यक्ष राउतले जसपा अध्यक्ष यादवलाई गत वर्षको चुनावमा हराउनु भएको थियो । पछि भएको उपनिर्वाचनमा बाराबाट गठबन्धनको सहयोगमा यादवले चुनाव जित्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच