
काठमाडौं । सप्तरीस्थित मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यासलाई लिएर केही दिनदेखि जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा) बीच विवाद सुरु भएको छ।
मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास जसपा अध्यक्ष उपेन्द्र यादवबाट गराउने तयारी भएपछि जनमतका अध्यक्ष डा. सिके राउतले चर्को विरोध गर्दै आउनु भएको छ । जनताबाट तिरस्कृत पात्र (निर्वाचन हारेका) बाट उक्त विश्वविद्यालयको भवन शिलान्यास गराउन नहुने जनमतको अडान छ ।

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङ सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले तामाङको सम्पत्तिको स्रोत नखुलेको भन्दै सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. प्रल्हाद कार्कीलाई तत्काल धरान गएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको छ ।
प्रतिष्ठानका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले प्रतिष्ठानका उपकुलपति कार्कीलाई आइतबार आफ्नो कार्यकक्ष सिंहदरबार बोलाएर कार्यकारिणी समितिको बैठक बोलाउन निर्देशन दिनुभएको हो ।

कहिल्यै समाधान नहुने समस्याका रुपमा स्थापित छ सवारी चालक अनुमतिपत्र अर्थात सवारी लाइसेन्स । सरकारले अनेकन प्रयास गरे पनि गुनासो आउन छाडेको छैन । समाधानका अनेकन उपाय अवलम्बन गरिए पनि सुधारको गुन्जायस छैन ।
हरेक दिन सवारी चालक अनुमति पत्र छपाइका लागि चार हजारभन्दा बढी माग आउने गरेको स्वयं यातायात व्यवस्था विभागले जानकारी दिने गरेको छ । प्रतिक्षासूचीमा मात्रै १४ लाख ४० हजारभन्दा बढी छ । सवारी चालक अनुमतिपत्र छपाइ गर्ने उपकरण, कार्डको उपलब्धता गराउन नसकिएको, कार्डको काम गर्ने जिम्मा पाएको व्यवसायीले समयमा काम नगरेको अवस्था पनि छ ।
संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाउनु भएको छ ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेलाई सिफारिस गर्नुभएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय नगरेपछि उहाँहरुले स्मरणपत्र पठाउनु भएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै रुस-युक्रेन युद्धमा रहेका नेपाली युवालाई तत्कालै फिर्ता ल्याउन नसकिने संकेत गर्नुभयो ।
उहाँले तत्काल ल्याउन नसकिने मात्रै होइन ‘जागिर भन्दैमा जहाँ पायो त्यहीँ नजानू, सरकारले पठाएको हो र ?’ जस्ता वाक्यहरु पनि सार्वजनिक पत्रकार सम्मेलनमा नै बोल्नुभयो । त्यो पनि एक प्रतिष्ठित कार्यक्रममा सहभागी भएर आएका प्रधानमन्त्रीको हैसियतले । प्रचण्डको भनाईलाई तल उल्लेख गरौँला त्यो भन्दा पहिले केही प्रतिनिधिमूलक घटनाको चर्चा यहाँ आवश्यक छ ।

संघीय संसदको महासचिव नियुक्त गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण पत्र पठाउनु भएको छ ।
सभामुख घिमिरे र अध्यक्ष तिमिल्सिनाले २५ मंसिरमा संघीय संसदको महासचिवमा पदमराज पाण्डेलाई सिफारिस गर्नुभएको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेसम्म यसबारे निर्णय नगरेपछि उहाँहरुले स्मरणपत्र पठाउनु भएको हो ।

प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबमाथि १३ रनको जित निकालेको छ ।
आइतबार रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा खराब मौसमका कारण ३३ ओभरमा छोट्याइएको खेलमा १ सय ४१ रनको लक्ष्य पछ्याउने क्रममा आर्मी ३२ ओभर २ बलमा १ सय २७ रनमा अलआउट अलआउट हुँदा पुलिसले जित दर्ज गर्यो ।
योसँगै नेपाल पुलिसले प्रधानमन्त्री कपमा लगातार तेस्रो जित निकालेको छ । त्रिभुवन आर्मी क्लब भने प्रतियोगितामा ४ खेलमा २ हार बेहोरिसकेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच