काठमाडौं । मिलिनियम किड्स इन्टरनेशनल २०२४ मा तीन विजेता छानिएका छन् । प्रतियोगीतामा जुनियर बालिका, बालक र सिनयर बालिका गरेर एकसाथ तीन विजेता छानिएका हुन् । जमलस्थित राष्ट्रिय नाचघरमा शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर बालकतर्फ आइभान श्रेष्ठ विजेता बन्दा जुनियर बालिकातर्फ इलोना कार्कीले शीर्ष उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो ।
त्यस्तै, सिनियर बालकतर्फ स्मारिका भट्टराई विजेता घोषित हुनुभयो । शीर्ष विजेता सबैले उपाधिको साथमा विभिन्न गिफ्ट तथा अवसरसमेत पुरस्कारको रूपमा प्राप्त गर्नुभयो । प्रतियोगीताको प्रत्येक शीर्षक चार उप-विजेतासमेत छानिएको थियो । जसमा जुनियर बालकतर्फ आरभ अधिकारी फष्ट रनरअप, उत्सर्ग ढकाल सेकेण्ड रनरअप, श्रीजल यादव थर्ड रनरअप र सम्प्रभ जंग केसी फोर्थ रनरअफ बन्दा जुनियर युवतीतर्फ निबित्सा झा फष्ट रनरअप, सिकुम सुब्बा सेकण्ड रनरअप, अलंकृता भट्टराई थर्ड रनरअप र ओजस्वी सिल्वाल फोर्थ रनरअफ हुनुभयो ।
यस्तै, सिनियर युवतीतर्फ एञ्जल गहतराज फष्ट रनरअप, सानभी विष्ट सेकेण्ड रनरअप र कृषु भण्डारी थर्ड रनरअप चुँनिनुभयो । कार्यक्रम रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच