दाङमा यात्रुवाहक बस दुर्घटना, दुई जनाको मृत्यु

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 1 min

दाङ – बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बर्दियाको शान्तिबजारबाट काठमाडौंका लागि छुटेको कृष्णसार यातायात प्रालिको प्रदेश ३ ०१ ००५ ख ९७१९ नम्बरको सवारी बस दाङको लमहि नगरपाकिला ९ स्थित रिहार नजिकै दुर्घटनामा परको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी ज्यान गुमाउनेहरूमा बर्दिया गेरवा गाँउपालिका १ का ३६ वर्षिय भिमनाथ योगी र ठेगाना खुल्न बाँकि रहेका युवराज चौधरीको मुत्यु भएको दाङका प्रहरी नायब उपरिक्षक जनकबहादुर मल्लले बताउनुभयो । दुर्घटनाको कारण खुल्न बाँकि रहेको छ ।

चालक निदाएका कारण बस पहाडसँग ठोकिएको बसमा सवार यात्रुहरूले बताएका छन् । चालक सामान्य घाइते भएका छन भने बसमा रहेका अन्य यात्रु सकुसल रहेको प्रहरीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?