रियल बेटिसविरुद्ध बार्सिलोनाको सहज जित

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले रियल बेटिसलाई ४–२ गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनाको जितमा फेरान टोरेजले ह्याट्रिक गरेका थिए भने जोआओ फेलिक्सले एक गोल गरेका थिए । त्यस्तै रियल बेटिसका लागि इस्कोले दुवै गोल गरेका थिए । यो जितपछि बार्सिलोनाले २० खेलमा ४४ अंक हासिल गरेको छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै रियल बेटिस २१ खेलमा ३१ अंकसहित लिगमा नवौं स्थानमा रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?