गुल्मी । गुल्मीका विद्यार्थीले स्थानीय स्तरमा पाइने दलहन र खाद्यान्न बालीको दाना प्रयोग गरि आकर्षक नेपालको नक्सा बनाएका छन् । यस जिल्लामा पाइने रैथाने बाली अन्तर्गत धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगोको दाना प्रयोग गरि आकर्षक नक्सा तयार पारेका हुन् ।
जिल्लाको मालिका गाउँपालिका वडा नम्बर–३, ह्वाङ्दी मेहाले माध्यमिक विद्यालयका दुई विद्यार्थीले तयार पारेको नक्सा अहिले सामाजिक सञ्जालमा व्यापक रुपमा प्रकाशनमा आएको छ । विशेषत् पहाडि जिल्ला गुल्मीमा धान, मकै, गहुँ, कोदो, कालो सिमी र भाँगो उत्पादन हुने गर्दछ । यसैलाई प्रयोग गरि कक्षा नौ मा अध्ययनरत विद्यार्थीद्वय सुशील थापा र मिन बहादुर विकले नेपालको नक्सा बनाउनुभएको छ ।
नेपाल कृषि प्रधान देश हो । नेपालको बाहुल्य जनसंख्या कृषिमा आश्रित रहेको छ । सोही विषयलाई विद्यार्थीद्वयले निर्माण गरेको आकर्षक नेपालको नक्सामा प्रतिबिम्बन गरेको छ । देशको शासकीय प्रणाली एकात्मक राज्य व्यवस्थाबाट संघात्मक प्रणालीमा गएसँगै हाल नेपालमा सात वटा प्रदेशहरु रहेका छन् । विद्यार्थीहरुले प्रत्येक प्रदेशको छुट्टाछुट्टै दलहन तथा खाद्यान्न बालीको प्रयोग गरि नक्सा तयार पार्नुभयो । नक्सालाई आकर्षक बनाउनका लागि विद्यार्थीहरुले आफ्नै तरिकाले दलहन तथा खाद्यान्न बालीका दाना प्रयोग गरि नक्सा तयार पारेका विद्यालयका सामाजिक विषय शिक्षक टोपलाल पौड्यालले बताउनुभयो ।
विद्यार्थीद्वय थापा र विकले दुई दिन लगाएर न्यून खर्चमा नक्सा तयार पारेका हुन् । विद्यालयले उपलब्ध गराएको प्लाई वोर्डमा गमको सहायताले दलहन तथा खाद्यान्न बालीका दानाहरु टाँस गरि नेपालको नक्सा बनाएका हुन् । नक्सामा कोशी प्रदेशलाई धान, मधेश प्रदेशलाई मसुरोको दाल, बागमती प्रदेशलाई कालो सिमी, गण्डकी प्रदेशलाई मकै, लुम्बिनी प्रदेशलाई भाँगोको दाना, कर्णाली प्रदेशलाई चामल र सुदुरपश्चिम प्रदेशलाई कोदोको दानाले संकेत गरेका छन् ।
सामाजिक विषय अध्ययनका क्रममा नक्सा कार्य भन्ने शिर्षकको पाठमा विद्यार्थीहरुलाई रचनात्मक बनाइ अभ्यास गराउने क्रममा नेपालको नक्सा तयार पार्न सिकाएको शिक्षक पौड्यालले बताउनुभयो । यसरी विद्यार्थीहरुद्वारा तयार पारिएको नेपालको नक्सालाई मालिका गाउँपालिकाको आयोजनामा सञ्चालन भएको राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक प्रदर्शनी प्रतियोगितामा राखिएसँगै पुरस्कृत हुँदै चर्चामा आएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच