काठमाडौं । सञ्चारकर्मी अनिल नेपालीको नयाँ गीत ‘रुवाउने माया’ सार्वजनिक भएको छ । पौष शुक्ल पूर्णिमाको साँझ श्रीस्वस्थानी व्रतकथा श्रवणको शुभारम्भसँगै गीत सार्वजनिक गरिएको हो । ‘स्वस्थानी’ कथामा गोमा र शिवको वियोगान्त विछोडजस्तै पवित्र प्रेमको खोजीमा भौतारिँदै हिँडेकी कथाकी मूल पात्र पवित्रा र डा. पल्लवको वियोगान्त विछोड भएकाले श्रीस्वस्थानी व्रतकथा श्रवणको शुभारम्भसँगै गीत सार्वजनिक गरिएको अनिलले बताउनुभयो । उक्त गीतमा लय तथा शब्द अनिल स्वयंको छ भने स्वर अनिल र अनुजा पुडाशैनीको छ ।
दीलिप परियार र मिना परियारको मुख्य अभिनय रहेको भिडियोलाई अनिलले नै निर्देशन गर्नुभएको हो भने लोकेश एन.पी.ले छायांकन गर्नुभएको छ । सर्वोत्तम च्यानल युट्युबमार्फत् सार्वजनिक भएको गीतमा गरिब र निःसन्तान दम्पतीलाई एक-अर्काको मायाले कसरी रुवाउँछ भन्ने कथा प्रष्टरूपमा देखाइएको छ ।
यसअघि अनिलका ‘साइली, पियारा तिमी आउँछौ कहिले’, ‘सम्झिने नि मैछु, धागो चंगामा, जय जय शिव’ जस्ता गीत श्रोता÷दर्शकमाझ आएका छन् । उहाँ विगत एक दशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील हुनुहुन्छ । उहाँका लेख, रचना प्रकाशनसँगै आधा दर्जन साहित्यिक कृति प्रकाशित छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच