बाक्लो हुस्सुका कारण हवाई सेवा प्रभावित हुँदा मुगु र हुम्लाका यात्रु अलपत्र

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 3 mins

मुगु । नेपालगञ्जमा बिहान बाक्लो हुस्सु लाग्न थालेपछि मुगु र हुम्लामा हवाई सेवा प्रभावित बनेको छ ।

नेपालगञ्जमा दिउँसो १२ बजेसम्म बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थाले पछि फेरि मुगु र हुम्लामा हावा चल्ने गरेपछि हवाई उडान प्रभावित बनेको छ भने सर्यौं यात्रुहरु अलपत्र परेका छन् ।

हुस्सुका कारण हुम्लामा ५ दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ भने मुगुमा ४ दिनदेखि उडान नहुँदा यात्रुहरु बिहान ताल्चा एयरपोट जाने बेलुका गमगढी फर्कन बाध्य छन् । यसैबीच केही यात्रुहरु होटलमा बस्न विवश छन् । तीन दिन पहिले नेपालगञ्ज कम्युटरको परीक्षा दिन ताल्चा एयरपोट गएकोहरु जहाज नआए पछि परीक्षा छुटेको यात्रु करण कुमार शाहीले बताबताउनु भयो ।

अचेल बिहान १२ बजे सम्म नेपालगञ्जमा बाक्लो हुस्सु लाग्ने र १२ बजेपछि आकाश खुल्न थालेपछि हुम्ला र मुगुमा हावा चल्न सुरु हुँदा ४ दिन देखि हवाई उडान बन्द रहेकोे छ ।

एयरपोर्टमा ३०,३५ जना यात्रु रहेको रधेरै जसो यात्रुहरु गाडीबाट नेपालगञ्ज, सुर्खेत गएको समिट एयरलाईन्सका रारा ताल्चा प्रमुख जेपी रावलले बताउनु भयो । लगातार ४ दिनसम्म हवाई सेवा अवरुद्ध हुँदा नेपालगञ्जदेखि मुगु जाने यात्रु र नेपालगञ्जदेखि हुम्लाको सिमीकोटतर्फ जाने यात्रु नेपालगंन्जमा अलपत्र परेको मुगु उद्योग वाणिज्य संघका द्धितिय उपाध्क्षय जङ्ग बहादुर शाहीले बताउनु भयो ।

मुगुमा पनि दिउँसो १२ बजे पछि मौसम खराब हुने र बिहान नेपालगञ्जमा हुस्सु लाग्दा हवाई उडान प्रभावित हुन थालेको रारा नागरिक उड्डयन प्राधिकरणका प्रमुख सन्तोष गौतमले जानकारी दिनुभयो ।

यसैगरी हुस्सुका कारण हवाई सेवा अवरुद्ध हुँदा रारा घुम्ने पर्यटकदेखि सर्बसाधारण समेत मर्कामा परेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?