नेपालगञ्जको कफर्यु खुकुलो, आज पसलसमेत खुले

दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बाँके । विहिबार नेपालगञ्जको कफर्यु खुकुलो बनाइएको छ । आज यहाँका सामान्य रुपमा पसल खुलेका छन् भने अवस्था सामान्य बन्दै गएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेले आज बिहान ८ बजेदेखि राती ८ बजेसम्मका लागी निषेधाज्ञा हटाएको जनाएको छ । राति ८ वजे देखि शुक्रवार बिहान ६ बजेसम्म भने कफर्यृ यथावत रहने जनाएको छ ।

कफर्यु खुकुलो भएपछि स्थानियवासीले दैनिकी आवश्यक सामाग्री खरिद गर्न पसलमा गएको देखिन्छ । अवस्था सामान्य बन्दै गएको हुँदा विहिवार विहान ८ वजेदेखि बेलुकी ८ वजे सम्म कफर्यृ खुकुलो बनाइएको सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीले बताउनु भयो । साथै उहाँले ५ जना भन्दा वढि भेला हुन नपाइने पनि बताउनु भयो ।

जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सार्वजनिक सम्पत्तीको संरक्षण सामाजिक सद्धाव कायम गर्न एवं मानवअधिकारको सम्मान गर्न अनुरोध गर्दै स्थानिय प्रशासनले सार्वजनिक स्थानमा हो हल्ला गर्ने, अवाञ्छित क्रियाकलाप तथा कुनै पनि व्यक्तिको निजि जिवनमा असर पार्ने खालका कार्य नगर्न/ नगराउन अपिल समेत गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?