एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 3 mins

म्याग्दी । नेकपा एमाले म्याग्दीको दशौँ जिल्ला अधिवशेनबाट अध्यक्षमा बालकृष्ण सुवेदी निर्विरोध निर्वाचित हुनुभएको छ । आइतबार (आज) तोकिएको समय भित्र अध्यक्ष पदमा बालकृष्ण सुवेदीको मात्र उमेदवारी परेकोले सुवेदी निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षमा एकल उमेदवारी परेको र अन्य कसैको पनि उमेदवारी नपरेकाले सुवेदी अध्यक्ष पदमा निर्विरोध निर्वाचत हुनु भएको नर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत विवस क्षेत्रीले जानकारी दिनुभयो ।

निर्वाचन अधिकृत क्षेत्रीका अनुसार उपाध्यक्षमा २, सचिवमा २ र उपसचिवमा ४ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षका लागि सुरत केसी र प्रमोद श्रेष्ठ, सचिवमा थमसरा पुन र प्रेमबहादुर कार्कीको उमेदवारी दर्ता भएको जनाइएको छ ।

त्यसैगरी उपसचिवमा नारायण जिसी, खड्ग गिरी, रामप्रसाद सुवेदी र सतप्रसाद रोकाको उमेदवारी परेको जनाइएको छ । पदाधिकारी सहित सबै पदमा सर्वसम्मत गराउने गरी छलफल भैरहेको नेताहरुले बताएका छन् ।

त्यसैगरी भुगोल तर्फको बेनी नगरपालिकाबाट १४ जना, मंगला गाउँपालिकाबाट ८ जना, मालिका गाउँपालिबाट ६ जना, अन्नपुर्ण गाउँपालिकाबाट ६ जना, धवलागिरी गाउँपालिबाट ५ जना र रघुगंगा गाउँपालिकाबाट ४ जनाको उम्मेदवारी परेको छ । भूगोल तर्फ स्थानिय तहलाई तोकीएको कोटा अनुसारकै सहमतीका आधारमा स्थानिय तह स्तरमा उम्मेदवारको संख्या टुङ्ग्याएर मनोनयन दर्ता गरेको देखिएको छ ।

त्यस्तै दलित सदस्य तर्फ ५ जना, मजदुरबाट १ जना, अल्पसंख्यकबाट (मुस्लिम, छन्त्याल, थकाली) बाट २ जनाको उम्मेदवारी परेको छ । यी तीन वटै क्लस्टरबाट तोकीएको संख्यामै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?