
यही मंसिर १४ गतेदेखि मंसिर २६ (सन् २०२३ को ३० नोभेम्बरदेखि १२ डिसेम्बर) सम्म पश्चिम एसियाली देश संयुक्त अरब इमिरेट्स (युएइ) को दुबई शहरमा युनाइटेड नेसन्स क्लाइमेट चेन्ज कन्फ्रेन्स (युएनएफसिसिसी कोप २८) को सम्मेलन हुँदैछ । सो अवसरमा विश्वका शक्तिशाली देशदेखि लिएर निर्धो देशहरूले समेत अनेक विषय (आ-आफ्नो रुचि र स्वार्थअनुसार) मा कुरोहरू उठ्ने एवं माथापच्ची हुने देखिन्छ । त्यस्तै गरेर नेपाल सरकारले पनि आफ्नो एजेण्डा उठाउँदा जलवायु परिवर्तनबाट हालसम्म नेपालमा परेका विभिन्न असरबारे स्पष्टसँग कुरो राख्ने भनी विभिन्न सञ्चारमाध्यममा समाचार आएका छन् । सो सम्मेलन (कोप २८ कोप) मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वयं नेपालको प्रतिनिधित्व गरेर जाँदै हुनु हुन्छ ।
जे होस्, यो लेखमा पृथ्वीमा रहेका मानव प्रजातिबाहेकका अन्य प्रजातिहरू किन कसरी लोप हुँदैछन् ? भन्ने बारेमा छोटकरीमा केही लेख्दै छु । केही वर्षअघि आएको एक अध्ययन प्रतिवेदन अनुसार निकट भविश्यमै विश्वका लगभग २८५ प्रजातिका उभयचर, जलचर, घस्रने जन्तु तथा गैँडा, हात्ती, बाघ, भालुलगायत जीव-जन्तुहरू चाँडै लोप हुने सूचीमा रहेका छन् । यसको मुख्य कारणको रूपमा हाल विश्वभरि नै तीव्र गतिमा भइरहेको जलवायु परिवर्तनको असरलाई मानिएको छ ।
पृथ्वीमा रहेका वभिन्न प्रजातिहरू लोप हुनुमा बासस्थानको अभाव, अवैद्य चोरी शिकार आदि भए तापनि प्रमुख कारण भने पछिल्लोपटक तीव्र गतिमा बढेको जलवायु परिवर्तनको असर नै हो भन्ने भनाइ विषय विज्ञहरूको रहेको देखिन्छ ।
समाचारमा उल्लेख भए अनुसार साइमन फ्रेजर विश्वविद्यालयका प्राध्यापक निकोलस डल्भीले आप्mनो अध्ययन प्रतिवेदनको सारसंक्षेपको निचोडलाई भनाइको रूपमा राख्दै एएफपीसँग भनेका छन्, ‘रेड लिष्ट’ मूल्यांकनका लागि अध्ययन गरिएअनुसार सम्पूर्ण प्रजाति/समूहहरूको संरक्षण स्थिति खस्कँदै गएको छ । तिनीहरूको लोप हुने खतरा भयावह ढंगले बढी रहेको छ ।’ उक्त अध्ययन प्रतिवेदन अनुसार १२ सय प्रजातिहरू त सार्क, डल्फिनलगायत जलचर प्रजाति रहेका छन् । तीमध्ये पनि ३७ प्रतिशत जलचर कडा हाड भएका लोप हुने खतरामा रहेका छन् । स्मरणीय के छ भने, यो तथ्यांक विगतमा (सात वर्षअघि) गरिएको यस्तै अध्ययनको तुलनामा एकतिहाइले भन्दा पन बढी हो । यसरी पृथ्वीमा रहेका वभिन्न प्रजाति लोप हुनुमा बासस्थानको अभाव, अवैद्य चोरी शिकार आदि भए तापनि प्रमुख कारण भने पछिल्लोपटक तीव्र गतिमा बढेको जलवायु परिवर्तनको असर नै हो भन्ने भनाइ विषय विज्ञहरूको रहेको देखिन्छ ।
जलवायु परिवर्तन र यसको असरका बारेमा कुरो गर्दा निकट भविष्यमै जलवायु परिवर्तनकै कारण एकएक गरेर हिमाली भेगमा रहेका हिमनदीहरूको पनि अन्त्य हुँदैछ ! भन्ने अर्को एक अध्ययन प्रतिवेदन पनि केही समयअघि सार्वजनिक भएको थियो । यो कुरो त्यस्तै, उस्तै मान्छेहरूले पत्याउने कुरो नै होइन । तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । त्यसैले त जलवायु परिवर्तनसँग सम्बन्धी विषय विज्ञहरूले विगत लामो समयदेखि नै पछिल्लो केही समयदेखि विश्वमा तीब्र गतिमा फैलिएको जलवायु परिर्वतनको असरका कारणले सुरुमा हिमनदी पग्लने र बिस्तारै हिमनदी सुक्ने अनि हिमताल पनि फुटने र सुक्ने एवम् प्रकारले हिमालमा रहेका सेता हिउँ पनि पग्लेर नांगो डाँडो (काला पहाड/भीर) मा परिणत हुने अनुमान गरेका छन् ।
यसरी विश्वमा तीव्र गतिमा फैलिएको जलवायु परिर्वतनको असरका कारणले हिमनदी पग्लने र बिस्तारै हिम नदी सुक्ने, हिमताल पनि फुट्ने र सुक्ने एवं प्रकारले हिमालमा रहेका सेता हिउँ पनि पग्लेर नांगो डाँडो (काला पहाड/भीर) मा परिणत हुने क्रमलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज–अनुसन्धानकर्ता, वातावरणविद् लगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरूले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गर्नुपर्ने अभन्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् ।
त्यसो भए तापनि जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनाश, बेमौसमा बढ्ने गर्मी र बेमौसमा हुने जाडो, विनासिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी, पहिरोले गर्दा हिमालभन्दा तल बस्ती रहेका मानिसहरूले अचानक र बेमौमा व्यहोर्नुपर्ने प्राकृतिक विपत्ति सहनुपरेको छ । यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास) मा बसोवास गर्ने मानिसहरूमा पार्ने दीर्घकालीन असरका साथै भविष्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानी खानेपिउनेको मुहान नै सुक्ने वा अन्त्य हुने सम्भावना रहेको देखिन्छ ।
विश्वका प्रायः सबै हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ-घाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ ।
त्यसैले त होला, विषय विज्ञहरू यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा गम्भीर भएर बहस र छलफल गरी रहेका छन् । तर, पनि हालसम्म मतैक्य भने हुन सकेको देखिँदैन । त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरू) जस्तो कि अमेरिका, रुस, चीन, अष्टे«लिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देशहरू नै मुख्य हुन् । तर, उनीहरूबीच जलवायु परिवर्तनसम्बन्धी कस्तो नीति अपनाउने ?, कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकोले धेरैपछिसम्म यसबारेमा गलफत्ती भइरहृयो, अभैm पनि सो सम्बन्धमा गलफत्ती भइरहेकै अवस्था हो ।
तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरू जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरू भर्खरै मात्रै उद्योग धन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र विकसित देशहरू अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र ‘हरित गृह ग्यास उत्पादन गर्ने हुँदा’ सजाय, मापदण्ड पनि कमै हुनुपर्ने भन्ने जिरह वा आग्रह रहने गरेको भन्ने भनाइ सुनिन्छ ।
जे भए तापनि अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरूले मात्रै विश्वको ३२-३३ देखि ३६-३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक स्रोतसाधन दोहन गर्दै आएका छन् भन्ने विज्ञहरूको लेखाजोखा रहेको छ । त्यस्तै यी औेद्योगिक देशहरूले मात्रै विश्वको झण्डै ८१-८२ प्रतिशत वायु प्रदूषणजन्य ग्यास, धुवाँ, फोहर लगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहोरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असरचाहिँ नेपाल लगायत कम विकशित तथा अल्पविकशित देशहरूले धेरै नै भोग्नुपरेको तीतो सत्यको रूपमा रहेको छ ।
हुन त हालै आएको एक समाचार अनुसार विश्वका प्रायः सबै हिमनदीहरू तीव्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ-घाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्नेछ । केही समयअघि सहयोगी ‘काठमाडौं प्रेस’ को अनलाइन संस्कणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एण्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीलाई उद्धृत गर्दै लेखेको फिचर लेखमा जनाइए अनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरू पग्लने क्रम बढेको छ ।
यसरी अनुमान गरेभन्दा छिटो र तीव्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा ‘पोजिटिभ आइस-लस फिडब्याक’ भन्ने वैज्ञानिक प्रक्रिया वा भनौं सिद्धान्तअनुसार हिमनदी पग्लने क्रम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरूको भनाइ रहेको छ । हुन त के पनि भनिन्छ भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरूको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरू कुरोका साथसाथै स्वच्छ, सफा, कञ्चन र शुद्ध खाने (जल+पिउने पानी) पानीको संकट, घरवास संटकका साथै खाद्यानको पनि ठूलो समस्या आइपर्नेछ । ninamkirat123@gmail.com
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच