✍️ कलानिधि दाहाल
फैलावटको विशाल वृक्षलाई देखेर मान्छे मख्ख पर्छ । छहारीमा बसेर शीतलको आनन्द लिन्छ । झरीमा बसेर आनन्दको अनन्तउल्लासमा रमाउँछ । फलमा चढेर भोको पेटको तृप्तिले अघाएको चरममा उफ्रन्छ । परेमाबञ्चरो काँधमा सजाएर हाँगा छिमल्छ, किलाखाँबा बनाउँछ, बला ताच्छ, निदालनिर्माण गर्छ र घरगोठ वा छाप्रा बनाएर ऊ बिनातथ्यको भ्रमभित्रनिदाएर भ्रमभित्र मृत्युवरण गर्छ पुस्तौँपुस्तासम्म । ऊ कहिल्यै सोच्दैन-एउटा सानो गेडो वादानोको अस्तित्वमा रहेको अतीतजीवन्त कहानी । यसैले त बनीबनाउ मान्छेलाई देखेर ऊ इष्र्याको आगो बाल्छ । जलनको ज्वाला उछाल्छ ।
बनीबनाउ मान्छे पनि कहिल्यै सोच्दैन-म अतीतमा कस्तो थिएँ ? के थिएँ ? कसरी कस्ता सिँढी उक्लदै/चढ्दै, ओर्लँदै र झर्दै यस समय स्थानमा आएको हूँ । मेरो जन्म यही उचाइमा भएको ठानेर उन्मादको खेती गर्छ । अहङ्कारको आगो ताप्छ । अन्धाधुन्ध आवेश जन्माएर कहिल्यै ननिभ्ने डढेलो सल्कन्छ । युद्घका खेल यिनै मनोवृत्तिका उपज हुन् । अहिलेको न्युजिल्याण्ड लाग्छ यही वृक्षको फैलावट हो । बनीबनाउ मान्छेको स्वरूप ।
चौबीसै प्रहर सूर्योदयको देश भनेर कुनै समय चिनिने बेलायत/बेलायतीकै बहुमतमा यहाँको राजनीति छ । यसको लामो र रोचक प्रसङ्ग नै न्युजिल्याण्डको वर्तमान हो । असी प्रतिशत भूभाग जनबस्तीरहित निर्जन अनकन्टार प्राकृतिक लीलाबाहेक मान्छेको बुताभन्दा बाहिर छ ।
फरक न्युजिल्याण्डको विद्यमान सत्तालाई रूख काट्ने मान्छेको उन्माद छैन । बनेको मान्छेको अहङ्कार छैन । म को थिएँ ? के थिएँ ? कुन अवस्थाबाट गुज्रेर अहिले छु ? उसलाई राम्ररी थाहा छ-अहिलेसम्म । यस अनुभूतिको उचाइले ऊ तरवारका धारमा फुकी फुकी पाइला चाल्छ । गल्तीले यताउती परेँ भने म रगताम्य हुन्छु, उसलाई भलिभाँती थाहा छ । बहुमतको सरकार भएर पनि ऊ सीमाभित्रको उच्च नैतिकता र गहिरो मानवीय समझदारीभन्दा बाहिर जान चाहँदैन ।
चौबीसै प्रहर सूर्योदयको देश भनेर कुनै समय चिनिने बेलायत/बेलायतीकै बहुमतमा यहाँको राजनीति छ । यसको लामो र रोचक प्रसङ्ग नै न्युजिल्याण्डको वर्तमान हो । असी प्रतिशत भूभाग जनबस्तीरहित निर्जन अनकन्टार प्राकृतिक लीलाबाहेक मान्छेको बुताभन्दा बाहिर छ । आकाशविमान उडेर वा सडकगाडी गुडेर तेज भए आँखाले नत्र दूरबिन लगाएर यसको रमाइलो हेर्न सकिन्छ । निर्जन डाँडाको टुप्पोमा बसेर दर्शनको गहिराइ छाम्न सकिन्छ । फाट्टफुट्ट यसभित्रै रहेका हरित बगैँचामा बसेर गीताञ्जलीको अर्को रूप लेख्न सकिएला, शकुन्तलाको दुष्यन्तसँग वाण बोकेर सिकार गर्न सकिएला तर गुजाराका रूपमा कुनै पनि आधारको विकास सम्भव छैन । पत्थरिला पहाड, राता माटाका सुख्खा चउर, आटव्य भीरहरू । हो, मान्छेमात्र बसाउन त सकिन्छ तर राष्ट्रिय नीतिनियमअनुसार बाटाघाटा, कलकारखाना, सरसुविधा पुर्याउन सकिने सम्भावना छैन ।
यिनै असम्भव अनेकौं सम्भावनाका बीच छैटौं शताब्दीसम्म मानवरहित रहृयो । प्रशान्तका अङ्गअङ्गसँग रङ्ग भरेर ज्वारहरू लुकामारी खेलिरहे, दौडधुप गरिरहे । यस अवधिसम्म युरोप चिरनिद्रामा लम्पसार थियो । कहीँ कसैलाई केही सुर थिएन प्राप्तिको वा पहिचानको । जहाँ जेजस्तो छ त्यो र ती तिनै रूपमा अलमस्त रहे । रहस्यमय एक जादुगरी खोजको उपज हो, धराको सुन्दर नगरी न्युजिल्याण्डको यो टापु ।
सातौं शताब्दी आसपास अहिलेको विराट् अत्याधुनिक विश्व सभ्यताको नामनिशान थिएन । इशापूर्व पाँचौं शताब्दी आसपास ग्रीकरोम सभ्यता अदृश्य पृथ्वीको कुनै गर्तमा छोपिएको थियो । सर्वसभ्यता स्थापक गुरुचेलात्रय-सुकरात, प्लेटो, अरस्तुका राज्यव्यवस्थाका खाकाहरू दृश्यबाट मेटिएका थिए । त्यो अथाह ज्ञानपुञ्ज कतै हराएको थियो । वैज्ञानिक चिन्तनको चमकलुप्त थियो । दैवीशक्तिका उन्मादका स्वरहरू छिनेका तारमा मौन थिए । अन्धमान्यता र आधुनिक मान्यताका बीचका द्वन्द्वका दिवास्वप्नमा निसासिएको थियो ।
गुरुचेलात्रयले बालेका ज्ञानविज्ञानका, सृष्टिसभ्यताका, प्राक्आधुनिकता, भएका र खोजका सम्भावित र सम्भावनाका सम्पूर्ण उज्याला ढोकाहरू इसापूर्व एक शताब्दीमा वा इसा सुरु हुनुअघि नै बन्द प्रायः हुँदै मध्यरातको चिरसन्नाटामा विश्व निदायो । यस अवधिदेखि कसैलाई कसैको चासो भएन । आफू र आफ्नो समूह जता जेमा क्षणिक आनन्द अनुभव गर्छ त्यसमा नै मग्न रहृयो । जङ्गली सभ्यताझैँ, पाशविक समाजझैँ सारा शक्ति र बलका भरमा क्षण गुजाराभित्र रहे । दीर्घकालीन अस्तित्वको सपना हरायो । सामूहिकताको जग भत्कियो । नेपालको सन्दर्भमा राउटे र रिकुटेको, अफ्रिकी समूहमा पनि एकाध जङ्गलवासी समूहले अहिलेसम्म त्यसको जीवित स्वरूपलाई प्रतिनिधित्व गरिरहेकै छन् । सायद कालान्तरसम्म पनि कुनै न कुनै रूपमा यसको निरन्तरता रहन सक्छ भन्ने अनुमान हामी यिनै उदाहरणबाट अहिले पनि सहज रूपमा नै गर्न सक्छौं ।
युरोपियन प्यासिफिक ओसनको आसपास सामुद्रीकिनारा छेउमा बसेर यायावरीय जीवन गुजारा गरिरहेका उस्तै समूहका बीच अचानक समस्या देखाप¥यो । आफ्ना जालका साधनलाई समुद्रमा फिँजाएर तान्नासाथ भरदिनको आहारा आउने भाँडाहरू रित्ता हातलाग्न लागे । हुन त समुद्रमा अनेकौं जीवहरू छन् तर यस जातिको आहारा आकर्षणको एकमात्र माछा समुद्रको पीँधमा जाल राख्नासाथ त्यसभरि हुन्छ । तानेर निकाल्नासाथ रित्तो निराशाका चरम बिन्दुमा पुगेर आफ्ना ज्ञानले, चेतनाले, अनुभवले भ्याएसम्मको अनुसन्धान निकै लामो समय गरे । परिणाम पनि निस्कियो । समुद्रको जुनसुकै किनाराको जालमा एउटै परिणाम निस्केपछि अवाक बने यिनीहरू ।
अटी-नअटी परेका माछा जालबाहिरबाटै थुत्तथुत्त झिकेर पलभरमै रित्तो बनाउने अरू कुनै बाहिरी वस्तु वा चिज नभएर सामुद्री सतहमै अवस्थित अक्टोपस भएको प्रामाणिक भएपछि यस भेगमा रहने आधार रहेन । या त अक्टोपस नै खाना बनाउनु पर्यो । यो उनीहरूको रुचिबाहिर भएपछि नयाँ अनुसन्धानको बाटो पक्रनु सिवाय विकल्प रहेन । अभाव नै आविष्कारको आँखो भएको तथ्य अनुभव गर्न लाग्यो यो समूहले, जमातले । नदीकिनारामा माछाको मात्र आहार मिठो मान्ने यो जमात माओरी नामले परिचित थियो र यसका नाइके थिए कुपे नाम गरेका व्यक्ति । अहिले पनि हामी देख्न सक्छौं-बेलायती वियर ग्राभियललाई ।
गुरुचेलात्रयले बालेका ज्ञानविज्ञानका, सृष्टिसभ्यताका, प्राक्आधुनिकता, भएका र खोजका सम्भावित र सम्भावनाका सम्पूर्ण उज्याला ढोकाहरू इसापूर्व एक शताब्दीमा वा इसा सुरु हुनुअघि नै बन्दप्रायः हुँदै मध्यरातको चिरसन्नाटामा विश्व निदायो । यस अवधिदेखि कसैलाई कसैको चासो भएन ।
उनी जुनसुकै र जस्तासुकै समुद्र हुन्, छाँगाछहरा हुन् वा भीरपहरा हुन् सर्वत्र प्राकृतिक साधनकै सहाराले समाधानको बाटो हिँड्छन् । सामान्य मानिसले सोचेका अभक्ष चिज उनी सहज रूपले ग्रहण गर्छन् । सर्वसामान्य मानिसका पहुँचबाहिरका समुद्रहरू तत्काल आफैंद्वारा निर्मित प्राकृतिक साधनस्रोतकै भरमा सहज हेलिएर पार गर्छन् । प्रकृति त्यति विराट् छ, विशाल छ र छ सर्वसम्पन्न पनि । यसलाई बुझेर यस अनुसारकै स्वभाव, आनीबानी र बेहोरा बनाएका खण्डमा मानिसलाई अत्याधुनिक खतराका कुनै सामग्री आवश्यक छैनन्, खाद्यपदार्थको आवश्यकता छैन ।
सभ्यताका नाममा निर्मित, सजिलाका नाममा आविष्कृत सम्पूर्ण वस्तु नै अकाल कालका सिकार बन्न विवश छन् ।
माओरीनायक कुपे पच्चीस जना साथीको सरसल्लाह र सहयोगसँगै नयाँ वासस्थानको अन्वेषणमा निस्के । भेटेसम्मका बाँसका जमात जम्मा गरेर, यिनको अभावमा काठकै मुढाहरू जम्मा गरेर, जोरेर निस्कने लोहोता निकाल्दै तिनलाई कसेर सामुद्री यात्राको महाअभियान सुरु गरे । आधुनिक पानीजहाजहरू, बोट, स्टिमरहरू, ग्यासरहित विद्युतीय बोटहरू किन चाहियो ? कुपेजमातको मनमस्तिष्कलाई । आफ्नैसामु छर्लंग देखिएका बाँसका घना नै कुपेसमूहका लागि जलजहाज बने । रूखका हाँगा नै यिनीहरूका लागि समुद्रमा दौडने बोट बने ।
हातमा लिएका लठ्ठी नै स्टिमरका मेसिन बने । शरीरको तागत नै पेट्रोलियम पदार्थ वा बिजुलीको ऊर्जा बन्यो । निर्विवाद सामुद्रीयात्रा बन्यो । निर्भयको साधन बन्यो । खाना समुद्रकै जीव बने । नयाँ सामुद्री पथका मोटा, महकदार माछाहरू । न कृत्रिम साधनको खतरा न धुलो धुवाँको पिरलो, न ठेडी खुस्केर वा चुकुल खुस्केर मृत्युवरण गर्नुपर्ने भय, न कतै अपर्झट अवतरणको सोच । यो हो प्रकृतिको अनुपम उपहार । यही हो ईश्वर । यही हो ब्रहृम, एशु, अल्लाह मोहम्मद । यही प्रकृतिको पूजा नै जीवित देवपूजा हो, शक्तिपूजा हो, शाश्वत पूजा हो । न यहाँ लियोनार्दोका आविष्कारको प्रतीक्षा, न यहाँ विल्भर र ओर्भिलको ओहायो किनाराको हावाहुरीको खतरा ।
यो यात्रा यही अन्धकार युगको यात्रा हो जहाँ कुपेसमूहले प्रकृतिको आडमा, प्रकृतिलाई नै माध्यम बनाएर, प्रकृतिकै साधनस्रोत प्रयोग गर्दै प्रकृतिभित्रै प्रकृतिको अनुसन्धान यात्रा अनवरत गरिरहेछ । न कुनै टुङ्गोको निश्चिती छ, न कुनै विश्रामको, न कुनै बासको अभाव छ न कतै गाँसको अभाव, न साथको अभाव छ, न सरसल्लाहाको न समझदारीको अभाव छ, न सौजन्यको, न कुनै विरोधको गुञ्जायस छ, न कुनै समर्थनको । कारण, समूहकै समस्या एक, लक्ष्य एक, गति एक र गन्तव्य एक । वर्तमान राज्यव्यवस्थाका आसनका शासकमा यही मनोविज्ञान जन्मने हो भने संसार नै स्वर्ग हुन्न र ?
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच