
दोहा । कतारले अमेरिकास्थित एक्सेलरेट इनर्जीसँग बंगलादेशलाई १५ वर्षका लागि खाना पकाउने ग्यास आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । दोहाले एक्सेलरेटलाई जनवरी २०२६ देखि सुरु हुने १५ वर्षको अवधिमा बंगलादेशमा वार्षिक १० लाख टन खाना पकाउने आपूर्ति गर्नेछ ।
चीनको सिनोपेक, फ्रान्सको टोटल, बेलायतको शेल र इटालीको एनीसँग कतारी ग्यास आपूर्ति सम्झौताका लागि गतवर्ष घोषणा गरिएको थियो । यी सम्झौताहरू, २७ वर्ष लामो उद्योगको इतिहासमा सबैभन्दा लामो सहमति हो । कतारका ऊर्जामन्त्री साद अल-काबीद्वारा जारी विज्ञप्तिमा भन्नुभयो, ‘बंगलादेशलाई वार्षिक १० लाख टनसम्म एलएनजी आपूर्तिका लागि एक्सेलरेटसँग यो सम्झौतामा हस्ताक्षर गर्न पाउँदा हामी हर्षित छौं । ‘यो नयाँ सम्झौताले एक्सेलरेटसँग हाम्रो सम्बन्धलाई थप मजबुत बनाउनेछ र बंगलादेशको ऊर्जा आवश्यकता र बृहत्तर आर्थिक विकासको दिशामा यसको विकासलाई समर्थन गर्नेछ’, कतार इनर्जीका प्रमुख कार्यकारीसमेत रहेका काबीले भन्नुभयो ।
चीन, जापान र दक्षिण कोरियाको नेतृत्वमा एसियाली देशहरू कतारको ग्यासका लागि मुख्य बजार हुन् । सन् २०२२ मा रूसले युक्रेनमा आक्रमण गरेपछि युरोपेली देशहरूले बढ्दो रूपमा खोजी गरिरहेका छन् । गत जुनमा कतार इनर्जीले बंगलादेशको सरकारी ऊर्जा कम्पनी पेट्रोबंगलासँग १५ वर्षका लागि वार्षिक १५ लाख टन एलएनजी आपूर्ति गर्ने सम्झौतामा हस्ताक्षर गरेको थियो ।
संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रूससँगै कतार विश्वको शीर्ष एलएनजी उत्पादकमध्ये एक हो । यो बंगलादेशको लागि सबैभन्दा ठूलो प्राकृतिक ग्यास आपूर्तिकर्ता हो । रासस/एएफपी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच