काठमाडौं । कोका-कोलाले नेपालमा सञ्चालन भएको ५०औँ वर्ष मनाएको छ । सन् १९७३ मा नेपाल प्रवेश गरेदेखि नै कोका-कोला नेपाली समुदायको एक अभिन्न अंग बन्न पुगेको थियो । पारिवारिक जमघटदेखि राष्ट्रियस्तरका कार्यक्रमसम्म कोका-कोलाले अविस्मरणीय सम्झना बनाएको छ । काठमाडौं र चितवन गरी कोका-कोलाको नेपालमा दुर्ईवटा उत्पादन कारखाना रहेका छन् भने देशभर एक लाखभन्दा बढी रिटेलर आउटलेट रहेका छन् । कम्पनीले एक हजारभन्दा बढी कामदारलाई प्रत्यक्ष र अप्रत्यक्षरूपमा रोजगारी प्रदान गरेको छ भने पाँच हजारभन्दा बढी मानिस प्रत्यक्ष र अप्रत्यक्षरूपमा लाभान्वित रहेका कम्पनीले जनाएको छ ।
सो अवसरमा बोल्दै बोटलर्स नेपालका अध्यक्ष एनएन सिंहले भन्नुभयो, ‘लजिस्टिक र संस्थागत संरचना पूर्णरूपमा विकास नभएकाले ५० वर्षअघि नेपालमा पहिलो अमेरिकी कम्पनी भित्र्याउनु नै एक चुनौती थियो । हालसम्म आइपुग्दा कोका-कोलाले विभिन्न साझेदारसँग बलियो सञ्जाल बनाउन सफल भएको छ । कोका-कोलाको उद्देश्य भनेको सारा नेपालीलाई ताजापन महसुस गराउने र समाजमा सकारात्मक प्रभाव पार्ने हो । कोका-कोलालाई माया गर्नुहुने सम्पूर्ण नेपाली ग्राहकवर्ग, कर्मचारी तथा अन्य सरोकारवालालाई हामी हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।’
५०औँ वार्षिकोत्सवका अवसरमा कम्पनीले कोका-कोला फिफ्टी इयर्स क्विज टाइम नामक डिजिटल क्विज प्रतियोगिता पनि सञ्चालन गर्दैछ, जहाँ ग्राहकले विभिन्न प्रश्नको जवाफ दिएर लक्की ड्रमार्फत् आकर्षक उपहार जित्ने मौका पाउन सक्नेछन् । स्मार्ट फोनमा खल्ती एप खोलेर क्विजमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ । कोका-कोला नेपाल र भुटानकी हेड चन्द्रिका कालियाले भन्नुभयो, ‘हाम्रा लोकप्रिय ब्राण्डप्रति नेपालीहरूले देखाउनुभएको मायाले हामी अत्यन्तै प्रभावित भएका छौँ । कोका-कोला कम्पनी नेपालको हितप्रति प्रतिबद्ध रहेको छ र हामी यस कम्पनीमा प्रत्यक्ष र अप्रत्यक्षरूपमा जोडिनुभएका कर्मचारी एवं समुदायको जीवनस्तरमा सुधार ल्याउने प्रतिबद्धता जारी राख्नेछौँ ।’
युनाइटेड ब्रुअरीमा विभिन्न भूमिकामा १५ वर्षभन्दा बढी समय बिताउनुभएकी चन्द्रिका कालिया हालै कोका-कोलामा आबद्ध हुनुभएको हो । कम्पनीका म्यानेजिङ डाइरेक्टर दीपकनाथ सेन्थिलले भन्नुभयो, ‘नेपालमा कोका-कोलाको ५०औँ वर्ष मनाउँदै गर्दा हामीलाई सबैभन्दा ठूलो एफएमसिजी ब्राण्ड बनाउनुका साथै कोका-कोलालाई नेपालीहरूको लोकप्रिय खाजा मोमोको साथी बनाउनुभएकोमा हाम्रा ग्राहकप्रति हार्दिक कृतज्ञता व्यक्त गर्न चाहन्छौँ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच