ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रचण्डको सरकारलाई हाम्रो समर्थन रहन्छ : लिङ्देन

वाइडबडी, ललितानिवास, एनसेल र क्यान्टेनमेन्ट काण्डको पनि अनुसन्धान गर्न आग्रह

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा सरकारलाई आफ्नो पार्टीको समर्थन हुने बताउनुभएको छ ।

आइतबार राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको एकताको प्रथम महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले ठूला भ्रष्टाचारका फाइलहरू खोलेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई राप्रपाको समर्थन रहने बताउनुभएको हो ।

उहाँले सरकारले राजनीतिक स्वार्थ नराखी सुविचारका साथ नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई पक्राउ गरेको भए आफ्नो पार्टीको समर्थन रहने बताउनुभयो । उहाँले वाइडबडी काण्ड, ललितानिवास, एनसेल र क्यान्टेनमेन्ट घोटालाकाण्ड भ्रष्टाचारको पनि फाइल खोल्न प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयोे, ‘नक्कली शरणार्थी बनाएर विदेश पठाउने व्यापारमा लागेका रहेछन् ।

अहिले केही मानिसहरू पक्राउ परेका छन् । एकपछि अर्को उच्च पदस्थ मानिसहरूको नामहरू आइराखेका छन् । म यहीँबाट सरकारलाई भन्न चाहन्छु, यो छानविनको क्रम, यो कारबाहीको क्रम जसरी अगाडि बढेको छ, विगतका वाइडबडी काण्ड, ललितानिवास, एनसेल काण्डजस्तै यो काण्ड सेलाएर जानु हुँदैन ।

यो देखाउनका लागि मात्रै हुनुहुँदैन । यदि पुष्पकमल दाहालले सुनियतका साथ, सुविचारका साथ यो कदम अगाडि बढाउनुभएको, यसमा कुनै राजनीतिक स्वार्थ छैन भने राष्ट्रिय प्रजातन्त्र पार्टीको यसमा समर्थन रहन्छ ।’ उहाँले थप्नुभयो, ‘अब वाइडबडी काण्डको फाइल खोल्नुपर्छ । एनसेलको फाइल खोल्नुप¥यो । ललितानिवास जग्गा प्रकरणको फाइल खोल्नुपर्यो । ।

प्रचण्ड कति वर्ष सरकारमा बस्नुपर्ने हो राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन रहन्छ । क्यान्टेनमेन्टको घोटालाकाण्ड उहाँकै शिरमाथि लागेको छ, त्यो के हो ? फाइल खोलेर उहाँले त्यसलाई आफू चोखो छु भन्ने प्रमाणित गरिदिनुप¥यो । तर, भ्रष्टाचारको डंगुरमाथि बसेर शुद्धताको मन्त्र उच्चारण ग¥यो भने लामो समय पत्याइँदैन यो कुरालाई ।’ अध्यक्ष लिङ्देनले देश आर्थिक रूपमा टाट पल्टने अवस्थामा रहेको भए पनि सरकारले अर्थतन्त्र सुधार गर्ने कुनै कदम नचालेको बताउनुभयो । उहाँले सरकार कुइरोमा हराएको कागजस्तो अवस्थामा रहेको उल्लेख गर्नुभयो ।

लोहनीको आक्रोश : ठूला दलका नेताहरू ‘लुटेराका छाउरा’
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले ठूला दलका नेताहरूलाई ‘लुटेराका छाउरा’ को संज्ञा दिनुभएको छ । आफूहरूलाई सामन्तवादका छाउरा भनेकोमा आपत्ति जनाउँदै उहाँले ठूला दलका नेताहरूलाई लुटराको छाउरा भनी टिप्पणी गर्नुभएको हो ।

आइतबार काठमाडौंमा आयोजित पार्टीनिकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन एकताको प्रथम महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पूर्वअध्यक्ष लोहनीले देशका लुटेराहरूलाई मास्ने काम आफ्नो पार्टीले गर्ने चेतावनीसमेत दिनुभयो ।

उहाँले लुटेराहरूको विरुद्धमा आवाज उठाउन सक्ने, उनीहरूको भण्डाफोर गर्न सक्ने, महिला हिंसाविरुद्ध आवाज उठाउन सक्ने पार्टीको रूपमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई उभ्याउन पार्टीमा आबद्ध महिला नेतृत्वले काम गर्नुपर्ने बताउनुभयो ।

पूर्वअध्यक्ष लोहनीले पार्टीको अडान र दृष्टिकोण संवैधानिक राजसंस्था र सनातन हिन्दुधर्म रहेको र यसमा आफूहरू दृढतापूर्वक लागिपर्ने पनि दोहोर्याउनुभयो । पूर्वअध्यक्ष लोहनीले योगमाया न्यौपाने नेपालमा महिला हक, अधिकारबारे बोल्ने पहिलो महिलायोद्धा भएको स्मरण गराउन उहाँको पथ अनुशरण गरेर अघि बढ्न पनि पार्टीका महिला नेता, कार्यकर्तालाई सचेत गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?