काठमाडौं । नेपाल इटालियन चेम्बर अफ कमर्स एण्ड इण्डस्ट्री (एनआइसिसिआई) ले निवर्तमान अध्यक्ष नवराज ढकाल बिदाइ कार्यक्रम गरेको छ । कार्यक्रममा अध्यक्ष सञ्जय अग्रवाल, सचिव रोमनाथ घिमिरे, उपाध्यक्ष रूपक राजवंशी, बोर्ड सदस्यलगायतको उपस्थिति थियो ।
सचिव रोमनाथ घिमिरेले ढकालको उत्कृष्ट एवं उदाहरणीय नेतृत्व र प्रतिबद्धताका लागि एनआइसिसिआईको विकास तथा दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै कृतज्ञता व्यक्त गर्नुभयो । अध्यक्ष सञ्जय अग्रवालले चेम्बरकोे मूल्य मान्यतालाई सुदृढ बनाउन ढकालको निर्णायक भूमिका र उत्कृष्ट नेतृत्वको प्रशंसा गर्दै निरन्तर मार्गदर्शन र सहयोगको अपेक्षा गर्नुभयो । निवर्तमान अध्यक्ष ढकालले एनआइसिसिआईको सफलता र आवश्यकताअनुसार निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच