
भोजपुर । बिपन्नताका कारण बिद्युत बाल्नबाट बञ्चित परिवारलाई वडा कार्यालयले मिटर किनेर बिद्युत बाल्ने ब्यवस्था मिलाएको छ । भोजपुर नगरपालिका वडा नम्वर ५ बोखिमले आफ्नो वडा भित्र रहेका १६ घरपरिवारलाई वडाको बजेटबाट बिद्युत मिटर खरिद गरि वितरण गरेको छ ।
नगरभित्र सदरमुकामबाट नजिक रहेको वडाका नागरिक नै विद्युत सेवाबाट बञ्चित भएकाले बजेट ब्यवस्थापन गरिएको वडाध्यक्ष फबिन्द्र प्रधानले बताउनुभयो । “कुपीको उज्यालोमा रहनु भएका सोह्र परिवारलाई वडा मार्फत् विद्युत प्राधिकरणबाट मिटर खरिद गरी बिजुली बाल्ने ब्यवस्था मिलाएको छु ।” वडाध्यक्ष प्रधानले भन्नुभयो । वडाले विद्युत बाल्ने ब्यवस्था मिलाएपछि अहिले विद्युत बाल्न पाएकोमा ती परिवार समेत हर्षित हुनुहुन्छ ।
भोजपुर नगरपालिका वडा नम्वर ५ मुढेका रेवती प्रसाद कोइरालाले वडाले विद्युत बाल्ने अवसर दिएकोमा खुशी हुदै भन्नुभयो, “बिपन्नताका कारण घरमा विद्युत सेवा पुग्न सकेको थिएन, वडाको सहयोगमा बिजुली पुग्यो ।” हामीलाई खुशी महशुस भएको छ ।
आर्थिक अवस्थाका कारण बिपन्न परिवारका लागि राज्यका निकाय सहयोगी बन्नु पर्ने अवस्थामा वडाले विद्युत सेवाका लागि सहयोग गरेकोस्थानीय लक्ष्मण श्रेष्ठले बताउनुभयो । बोखिममा मात्र होइन विद्युत प्राधिकरणले विद्युतीकरणको कार्य तिव्र बनाएसँगै जिल्लाको दक्षिण आमचोक गाउँपालिकाको वडा नम्वर ३ थिदिंखामा पनि विद्युत सेवा पुगेको छ ।
विद्युतीकरण भएसँगै आमचोकको थिदिंखामा पनि विद्युत बल्न सुरु भएको नेपाल विद्युत प्राधिकरण भोजपुर बितरण केन्दका प्राविधिक कर्मचारी काजीमान राईले बताउनुभयो । जिल्लाका ग्रामीण क्षेत्रहरुमा समेत विद्युतीकरणको कार्य अहिले भई रहेकाले नागरिकहरुलाई विद्युत बाल्न सहज भएको राईको भनाई रहेको छ ।
थिदिंखाका रामबहादुर सुवेदी अहिले घरमा विद्युत सुबिधा पुगेकोमा खुशी देखिनु हुन्छ । अहिलेसम्म कुपीको भरमा उज्यालो बाल्दै आउनु भएका सुवेदीको घरमा अहिले विद्युत प्राधिकरणले लाइन जडान गरिदिएको छ । विगतमा सदरमुकाम र आसपासमा मात्र विद्युतको पहुँच पुगेको भए पनि अहिले गाउँ गाउँमा विद्युत सेवा पुग्न थालेको छ । भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन । सोमध्ये जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका र उत्तरको साल्पासिलिछो गाउँपालिकामा विद्युतीकरण कम भएको छ । ती क्षेत्रहरुमा पनि क्रमिकरुपमा विद्युतीकरणको कार्य भई रहेको नेपाल विद्युत प्राधिकरण भोजपुर वितरण केन्द्रले जनाएको छ ।
“गाउँ-गाउँमा बिजुली पुग्दै गएको छ, कति ठाउँमा जडान हुँदैछ, जिल्लाको धेरै स्थानमा प्राधिकरणले विद्युत सेवा पुर्याएको छ ।” भोजपुर वितरण केन्द्रका प्रमुख रामबाबु चौधरीले भन्नुभयो । भोजपुरमा २०६७ साल कार्तिक महिनाबाट नेपाल विद्युत प्राधिकरणले राष्ट्रिय प्रशारण लाइनबाट विद्युत सेवा संचालनमा ल्याएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच