ललितपुर महानगरद्वारा एलएमसी अलर्ट मोबाइल एप सार्वजनिक

हिमालय टाइम्स
Read Time = 7 mins

ललितपुर । ललितपुर महानगरले एलएमसी अलर्ट मोबाइल एप सार्वजनिक गरेको छ । स्थानिय तहमा हुने सेवा सुबिधालाई नगरबासीको सहजताका लागि डिजिटलाइज गर्ने प्रयासमा लागेको नगर प्रमुख चिरिबाबु महर्जनले बताउनुभयाे । एलएमसी अलर्ट एप मार्फत २१ वटा सेवाहरु प्राप्त गर्न सकिने नगरप्रहरी बल प्रमुख सिताराम हाछेथुले जानकारी दिनुभयाे ।

के हाे एलमसी अलर्ट ?

एलमसी अलर्ट (LMC AlERT ) मोबाइल एप छिटो र कम समयमा ललितपुर नगर प्रहरीलाई अलर्ट तथा गुनासो पठाउनको लागि बनाइएको मोबाइल एप हो । यस मोबाइल एप मार्फत् २१ वटा अलर्ट तथा गुनासो पठाउन सकिन्छ । ललितपुर महानगरपालिका क्षेत्र भित्र कुनै पनि समस्या, विपत्ति, वा गुनासो भएमा जम्मा ३ ट्यापमा आफ्नो सन्देश नगर प्रहरीको कन्ट्रोल रुमसम्म पठाउन सकिन्छ । कुनै पनि गुनासो पठाउँदा अफ्ठेरो नपरोस भनि अफलाइन मोडमा, र सन्देश पठाउँदा आफ्नो सम्पर्क नम्बर गोप्य राख्ने सुविधा पनि एपमा समावेश गरिएको छ।

२१ वटा अलर्टहरुमा के के पर्दछन् ?

दमकल सेवाः कहिँ कतै आगोलागी भएको खण्डमा दमकल सेवा लिनको लागि

एम्बुलेन्स सेवाः कसैलाई तुरुन्तै एम्बुलेन्स सेवा चाहिएमा

ढल निकासः कतै ढल फुटेको वा बिग्रिएको देखेमा

शववाहन : शववाहन चाहिएमा

फोहोर मैलाः कसैले फोहोर फालेको देखेमा वा फोहोरको थुप्रो देखेमा

अनधिकृत पार्किङ्गः निषेधित पार्किङ्ग क्षेत्रमा पार्किङ्ग गरेको देखेमा वा अनधिकृत पार्किङ्ग गरेमा

बिना स्वीकृति संरचनाः संरचना निर्माण गर्दा बिना स्वीकृति निर्माण गरेको खण्डमा

लैंगिक हिंसाः कहिँ कतै लैंगिक हिंसा भएमा वा भएको देखेमा

शैक्षिक संस्थामा हुने समस्याः कक्षा १२ सम्मको शैक्षिक संस्थामा समस्या भएमा

सम्पदा संरक्षणः सम्पदा क्षेत्रमा फोहोर गरेको देखेमा, वा अरु केहि अनैतिक कार्य गरेको देखेमा

बोट बिरुवा क्षतिः कसैले बोट बिरुवा बिगारेको वा बिग्रिएको अवस्था देखेमा

फुटपाथः सर्वसाधारण हिड्ने बाटोमा व्यापार गरेको देखेमा वा बाधा हुने केहि कार्य देखेमा

सडक बत्तिः ललितपुर महानगर भित्र कहिँ कतै स्मार्ट सडक बत्ति बिग्रिएको देखेमा

अनधिकृत विज्ञापनः अनधिकृत वा निषेधित क्षेत्रमा जथाभावी विज्ञापन, पोस्टर टाँसेको देखेमा

सडक खनेकोः बाधा हुनेगरी सडक खनेको पाइएमा

विपदः विपदबाट प्रभावित भएको देखेमा

सडक मानवः कतै सडक मानव देखेमा वा मद्दत मागेमा

कालो बजारीः अवैध धन्दा वा कालो बजारी गरेको पाइएमा

सार्वजनिक जग्गा अतिक्रमणः कहिँ कसले सार्वजनिक जग्गा अतिक्रमण गरेमा

बाढी र पहिरोः बाढी र पहिरोले क्षति पुराएको अवस्थामा

छाडा गाईबस्तुः कतै छाडा गाईबस्तु देखेमा

यी २१ वटा मध्ये कुनै पनि सेवा यस मोबाईल एप बाट तुरुन्तै ललितपुर महानगर प्रहरीलाई सन्देस पठाउन सकिनेछ ।

यस एपले कसरी काम गर्छ ?

यस एप प्रयोग गर्न "Location Permission" मात्र दिए पुग्छ र सो-दिईसकेपछि तपाई उभिनु भएको ठाउँ वा बिपत परेको ठाउँको GPS Co-ordinate एपले संकलन गर्दछ । इन्टरनेट भएको खण्डमा समस्या, विपति, वा गुनासो को फोटो सन्देसमा पठाउनु सकिन्छ । आफ्नो गोपनियता अपनाउनुको लागि checkbox टिक गरि बिना सम्पर्क नम्बर राखी संदेश पठाउनु सक्नुहुन्छ । तर अति आवश्यक सेवा जस्तै दमकम सेवा, एम्बुलेंस, र शव वाहनको लागि भने सम्पर्क नम्बर राख्न अनिवार्य गरिएको छ।

इन्टरनेट नभएको खण्डमा कसरी काम गर्छ ?

अफलाइन मोड तपाईको इन्टरनेट जडानमा समस्या भएको देखिन्छ । कृपया SMS मार्फत अफलाइन मोड प्रयोग गर्नुहोस् । इन्टरनेटमा जडान गर्नुहोस् समस्या वा विपत् बेलामा इन्टरनेट नहुन सक्छ, र त्यस बेलामा एप आफै अफलाइन मोडमा जान्छ र उल्लेखित कुनै अलर्ट पठाउँदा, सिधै सम्बन्धित नगर प्रहरीको मोबाईलमा SMS जान्छ । फरक मात्र फोटो पठाउन मिल्ने छैन । छिटो सम्पर्कको लागि एपको माथिल्लो भागमा हटलाईन नम्बरमा ट्याप गरि तुरुन्तै ११३१ मा सम्पर्क गर्नसक्नु हुनेछ।

पठाएको सन्देश कहाँ र कसरी पुग्छ, र सन्देस पठाईसकेपछि के गर्ने?

सम्पर्कनम्बर उल्लेख गर्नुभएको खण्डमा नगर प्रहरीले नै तुरुन्त सम्पर्क गर्नेछ । छैन भने नगर प्रहरी अतिआवश्यक सेवा (दमकल, एम्बुलेन्स, शववाहन) बाहेक अन्य सेवाको लागि आफ्नो समय मिलाई तपाईले सन्देश पठाउनु भएको ठाउँमा पुग्नेछन् । सन्देस एप मार्फत् नगर प्रहरीको कन्ट्रोल रुममा पुग्दछ र तपाईको स्थानमा नगर प्रहरी कम भन्दा कम समयमा पुग्नेछन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?