सन्तानप्राप्ति नहुँदा दम्पतिमा आउने उतारचढाव समेटिएको चलचित्र दयारानी माघ २६ गतेदेखि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली चलचित्र दयारानी माघ २६ गतेदेखि देशभर प्रदर्शन हुने भएको छ ।

बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनका क्रममा बोल्दै अभिनेता दयाहाङ राईले विवाह गरेको धेरै समयपछि सन्तान नभएपछि उपचार खोज्न हिँड्ने कथामा चलचित्र बनेको बताउनु भयो ।

चिकित्सकले आफूबाट सन्तान उत्पादन गर्नसक्ने क्षमता नभएको बताएपछि दयाहाङ राईको पात्रले यो सत्यलाई लुकाएर यसको दोष पत्नीलाई लगाउँछ । आफूलाई मर्दको रुपमा देखाउन उक्त पुरुष पात्रले आफ्नो कारणले सन्तान उत्पादन गर्न नसक्ने यथार्थलाई स्वीकार्न सक्दैन । बरु ऊ अर्को विवाह गर्न तयार छ । सन्तानप्राप्तिको यो रस्साकस्सीमा कसरी महिला प्रताडित हुनुपर्छ भन्ने कथावस्तु यसमा चित्रण छ । उहाँले चलचित्रमा सन्तान नभएको बेलामा श्रीमान श्रीमतीबीच कस्ता उत्तारचढाव आउँछन् भन्नेकुरालाई देखाइएको बताउनु भयो ।

त्यस्तै अभिनेत्री दिया पुनले फिल्ममा सन्तान नभएपछिको पीडालाई देखाइएको बताउनु भयो । त्यस्तै विजय बरालले चलचित्रमा आफूले गरेको अभिनयबाट दर्शकले रुचाइरहेको र आगामी दिनमा पनि सोही माय र साथ दिन आग्रह गर्नुभयो ।

चलचित्रमा दम्पतीबीच सन्तानको चाहना र यसले सम्बन्धमा ल्याउने उतारचढावको कथा छ । गुरुङ समुदायमा रहेको संस्कृतिमा आधारित यो फिल्मलाई माओत्से गुरुङले निर्देशन गरेका हुन् । दिया पुन, दयाहाङ राई, विजय बराल, प्रमिस गुरुङ, श्रीषा कुँवर लगायतको अभिनय छ ।सातभन्दा बढी गुरुङ फिल्म निर्देशन गरेका माओत्सेले यो फिल्मबाट नेपाली भाषाको फिल्ममा डेब्यु गरेका हुन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?