काठमाडौं । सीजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई सीआईबीले पक्राउ गरेको विषयमा कांग्रेस सांसद विनोद चौधरीले असन्तुष्टि व्यक्त गर्नभएको छ ।
कांग्रेस संसदीय दलका आज बसेको बैठकमा सांसद चौधरीले आफ्ना भाइसमेत रहेका व्यापारी अरुण चौधरीको पक्राउको विरोध गर्नुभएको हो ।
बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा हडपेको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) ले अरुणसहित तीन जनालाई बिहीबार पक्राउ गरेको थियो ।
संसदीय दल नेता शेरबहादुर देउवाले समय दिएपछि बैठकमा सांसद चौधरीले आफ्नो कुरा राख्दै राज्यले आतंक मच्चाएको र प्रतिशोध साँधेको भन्दै असन्तुष्टि जनाएको एक सांसदले बताए । उनका अनुसार सांसद चौधरीले आफ्नो परिवारमाथि राजनीतिक प्रतिशोध लिन खोजिएको छ । यो विषयमा कांग्रेस र अर्थमन्त्रीले बोल्नु पर्ने माग गर्नुभएको थियो । साथै सांसद चौधरीले यसरी बिनाकसुर बदनाम गर्न नपाइने समेत कुरा राख्नुभएको उनले बताए ।
सांसद चौधरीले यस विषय उठाए पनि पार्टी सभापति देउवा र अरू सांसदले यसबारे कुनै कुरा नराखेको उनले बताए ।
बैठक सकिएपछि पत्रकारहरूसँग कुराकानी गर्दै सांसद सुनिल शर्माले भने अरुण चौधरीको गिरफ्तारीबारे सांसद विनोदले बैठकमा कुरा राखेको बताउनु भयो । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारले ठूला उद्योगपति र घरानालाई पुराना केसलाई लिएर गिरफ्तार गर्ने र पैसाको डिल गर्ने गरेको शर्माले आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, ‘राम्रो ढंगले हेर्नुभयो भने मिनबहादुरको गिरफ्तारीदेखि अहिलेसम्म ठूला ठूला उद्योगपति र ठूला घरानाहरुलाई ह्यारेस गरेर अन्डरटेबल डिल गर्ने प्रचण्ड र नारायणकाजीको डिजाइन देखिन्छ ।’
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच