
काठमाडौं । पाठशालाले सरस्वती पूजाका लागि निःशुल्क स्कुल म्यानेजमेन्ट सफ्टवेयर प्रदान गर्ने भएको छ । विगत ११ वर्षदेखि निरन्तररूपमा सेवा प्रदान गर्दै आएको पाठशालाले सरस्वती पूजा अफरअन्तर्गत ग्राहकको सहजताका लागि एउटा नयाँ क्याम्पेन ल्याएको हो । पाठशालाले सम्पूर्ण विद्यालय र क्याम्पसलाई ध्यानमा राखेर फागुन ३ गतेसम्मका लागि यस्तो अफर ल्याएको जनाएको छ ।
अफरमार्फत् ग्राहकले न्यून रकममा अधिकतम् सुविधा पाउन सक्नेछन् । ग्राहकले बेसिक प्याकेज निःशुल्क पाउनुका साथै पाठशालाको सिल्भर अथवा गोल्ड प्याकेज लिएको खण्डमा ५० देखि ६० प्रतिशत छुट हुने बताइएको छ ।
हाल पाँच सयभन्दा धेरै विद्यालय र क्याम्पसलाई सेवा दिँदै आएको संस्थाको नेपालको एकमात्र आइएसओ २७००१ः२०२२ प्रमाणित स्कुल म्यानेजमेन्ट सफ्टवेयर भएको बताइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच