एकै ठाउँमा पढ्नुहोस् हिमालय टाइम्समा छापिएका पछिल्ला केही ‘विचार’

हिमालय टाइम्स
Read Time = 10 mins

हाम्रै टोलमा कोइरालाहरूका राष्ट्रिय अध्यक्ष कृष्णमुरारी कोइराला बस्दछन् । उनका छोरा मानस कोइराला बेलायतबाट स्नातकोत्तर उपाधि हासिल गरेपछि नेपालमै केही गर्छु भन्दै स्वदेश फर्किएर व्यापारमा संलग्न भएका छन् । विदेशबाट फर्किएका युवाहरूको सम्मान गर्ने प्रचलन आरम्भ गर्न आवश्यक रहेको विचार अचेल कृष्णमुरारी प्रस्तुत गरिरहन्छन् । अरू विदेश जान मरिहत्ते गरिरहेका बेला उतै प्रशस्त अवसर पाउने सम्भावना हुँदाहुँदै पनि नेपाल फर्किनुलाई सामान्य मान्नु हुँदैन र यस्ता युवाहरूको प्रशंसा गर्न सक्नुपर्दछ पनि । यस्ता उदाहरणहरू प्रस्तुत गरेर अरूलाई पनि आकर्षित गर्ने प्रयास गर्नुपर्दछ । साथै यो प्रेरणा जगाउने उनका मातापिता पनि सम्मानयोग्य छन् । विदेश बसेर नेपाललाई धिक्कार्नेहरूका निम्ति यो कोइराला परिवार उदाहरणीय बनेको छ । अरूले पनि पाठ सिके राम्रै हुने थियो ।

हामी पुरानो रोगबाट ग्रसित छौं । पुरानै मानसिकता छ र पुराना सोच र व्यवहारहरूले हामीलाई अगाडि बढाइरहेको छ कि पछि धकेली रहेको छ भन्नेमा त्यति ख्याल गर्दैनौं । कतिपय हाम्रा प्राचीन मान्यताहरू छोड्नै नहुने खालका छन् र त्यस्ता मान्यताहरूलाई तोड्दै जाँदा न यताको न उताको भएका पनि छौं । कतिपय अँगाल्नै नहुने अरूका मान्यताहरूलाई आफ्नालाई भन्दा बढी प्राथमिकता दिँदै जाँदा भुइँमा न भाँडामा भएका पनि छौं । अब के गर्न हुने र के नहुने, कसलाई सम्मान गर्ने र कसलाई बहिष्कार गर्ने, केलाई स्वीकार गर्ने र के अस्वीकार गर्ने जस्ता विषयमा आमनेपाली संवेदनशील हुन जरुरी भएको छ ।

(माता वैरी पिता शत्रुः येन बालो नपाठितः)
ऐतिहासिक रेखाङ्न
जुन बाबुआमाले छोराछोरी पढाउँदैनन् ती सन्तानका लागि शत्रु या ज्यानमारा दुवै हुन् । प्राचीन पौरस्त्य राज्यानुशासन हो यो । मनुदेखि आरम्भ भएर आचार्य विषणुगुप्त चाणक्य र चन्द्रगुप्त मौर्यका राज्यकालसम्म आजका दक्षिणपूर्वी सानाठूला शक्तिशाली निर्वल दुवै प्रकारका राज्यमा यो अवस्था रहेको देखिन्छ प्राचीन इतिहासका ठेली पल्टाएर हेर्दा । महाभारतका लडाइँले हामी अधमरा भयौं । हाम्रो ज्ञान, बुद्धि, तर्क, दर्शन, प्रविधि, जनशक्ति सबै कुराको सर्वनास गरिदियो त्यस युद्धले । यसपछिका ५ देखि ६ साँढे हज्जार वर्षका बीचमा पनि दुई-दुईवटा विश्वयुद्धका छिर्काले दरफर्‍याएका टाटा आजका विश्वभरिकै मान्छेका मुखमण्डलमा देख्न सकिन्छ ।

कुनै वस्तु वा सेवा त्यसको उपभोक्तासम्म नपुगुन्जेल महत्वहीन नै हुन्छ । आपूर्ति घटाएर माग बढाउने प्रयत्नको रूपमा कतै संग्रह भएको वस्तुहरूको पनि महत्व त्यसका उपभोक्ताको कारणले नै हुन्छ । सामान्यतया सेवा त त्यसै पनि संग्रह गरेर राख्न सकिने हुँदैन । त्यसैले वस्तु वा सेवाले त्यस बेलामात्र महत्व पाउँछन् जुनबेला वस्तु वा सेवा त्यसको आवश्यकता भएकालाई प्राप्त हुन्छ । यो यात्रामा त्यो वस्तु वा सेवाले यात्राका सहयोगी सबैलाई केही न केही लाभ दिनुपर्ने हुन्छ । उत्पादन भएदेखि उपभोक्तासम्म पुग्दा त्यसमा धेरैको तन, मन धन लागेको हुन्छ । त्यो अनुसारको उपति नभएको अवस्थामा यात्रा शृंखला टुट्छ वा टुट्न सक्छ ।

उपभोक्तासम्म पुग्दा त्यसको उत्पादन तथा यात्रामा लागेको मूल्यमा प्रतिफल जोडिएर पुगेको हुन्छ । माग कुनै वस्तु वा सेवा प्राप्त गर्ने इच्छामा मात्र निर्भर भएको हुँदैन । त्यसको मूल्य चुकाउने क्षमता पनि आवश्यक हुन्छ । क्षमता हुँदा पनि मूल्य तिर्ने तत्परता भएन भने त्यो माग हुन सक्दैन । अर्थात् माग हुन वा माग पैदा गर्न त्यो वस्तु वा सेवा प्राप्त गर्ने इच्छा हुनु पर्‍यो, त्यसको मुल्य चुकाउने क्षमता हुनु पर्‍यो र त्यो मूल्य तिर्ने तत्परता पनि हुनु पर्‍यो ।

समृद्धिको सपना सबैले देखेका हुन्छन् । सबैमा सबै कुरा परिपूर्ण हुन असम्भव छ । कसैमा कुनै कुरा विशेष रहन्छ भने कुनै कुराको कमी हुन्छ । पूर्ण केवल ईश्वरमात्र रहेकाले मानवजीवन अपूर्णमा पूर्णको खोजी गर्दै बित्ने गर्दछ । उन्नतिका शिखर चुम्ने सबैका सपना हुन्छन् । सबै यही उन्नतिको शिखर चढ्ने यात्रामा नै यात्रारत हुन्छन् । जीवनमा उन्नति कसरी हुनसक्छ भन्ने विषयमा हाम्रा ऋषिमहर्षिले गहिरो चिन्तन गरेको पाइन्छ । वैदिक सूक्त, उपनिषद्, रामायण, महाभारतका साथै देवगुरु बृहस्पति, चाणक्य, विदुनीतिमा यस्ता विषयवस्तु अधिक पाइन्छन् । नीतिशास्त्रका ज्ञाता महात्मा विदुरले मानव जीवनमा उन्नतिका सोपान चढ्ने थुप्रै सूत्र बताएका छन् ।

मूलतः मानव जीवनमा छ दोष र छ गुणको विशेष चर्चा हुने गर्दछ । मूलभूतरूपमा व्यक्तिको उन्नतिका बाधक छ दोष हुन् भनी विदुरले बताएका छन् :
‘षड्दोषाःपुरुषेणेह हातव्या भूतिमिच्छिता ।
निद्रातन्द्राभयं क्रोधआलस्यं दीर्घसूत्रता ।।’

संसारको कुनै पनि शासनपद्धति आफैँमा नराम्रो हुँदैन । शासन सञ्चालन गर्ने पद्धतिले कहिलेकाहीँ शासकीय स्वरूप र मान्यतालाई खाडलमा लैजाने गर्दछ । शासकीय पद्धतिको आफ्नो पहिचानका कारण देशले जहिले पनि गतिशीलता पाएको हुन्छ । शासकको विचार, उसले प्रतिनिधित्व गर्ने राजनीति दर्शनको आधार, उसले नियुक्त गरेका मन्त्रीको व्यवहारका कारण शासकीय पद्यतिमा नयाँपन आएको हुन्छ । त्यसैले शासक आफैँमा सबै होइन । उसले प्रवाह गरेका काम र उसले नियुक्त गरेका मन्त्रीका आधारमा प्रधान सेवकका गुणहरू र राज्यको शासकीय पद्यति गतिशील बनेको हुन्छ ।

नेपाल पहिले राजतन्त्रात्मक मुलुक थियो । राजतन्त्रमा एकाधिकार रहेको यो देश उत्तराधिकारीका रूपमा चलेको शासकीय पद्यति पनि हो । तर, आज हामी गणतन्त्रात्मक मुलुकको शासकीय पद्यतिमा चलेका छौं । गणतन्त्रमा उत्तराधिकारी भएको अवस्था राजनीतिमा पनि हुँदैन ।

विश्वका शक्तिशाली देशहरूका कतिपय शासक आफैँ प्रशंसाका पात्र बनेका होइनन् । उनीहरूले गरेका काम र उनीहरूको व्यवहारका कारण प्रशंसा पाएका हुन् । शासनमा बस्ने शासक र उसले शासन गरेका जनताले पाएको सुविधा तथा अधिकारका कारण शासक र देशको नामलाई आदरसाथ लिने गरिन्छ । शासनमा बसेर भ्रष्टाचारलाई प्राथमिकता दिइयो भने शासक र उसले गर्ने सबै कामले उसलाई सम्झन नसक्ने अवस्थामा राखेका हुन्छन् । त्यसैले देशको विकास र उन्नतिमा शासक होइन शासकले चलाएको शासकीय पद्धति र त्यस देशका जनताले पाएको अधिकारलाई पहिलो प्राथमिकतामा राखिएको हुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?