काठमाडौं । प्युठानका मदन केसी वैदेशिक रोजगारीबाट फर्किएपछि फेरि कुनै राम्रो देश जाऔं र सुनौलो भविष्य बनाऊँ भन्ने योजनाका साथ लागिपरिरहनुभएको थियो । तर, एकाएक स्वास्थ्यमा समस्या देखिएपछि उहाँ स्वास्थ्य उपचारका लागि चिकित्सककहाँ पुग्नुभयो । सामान्य समस्या भएको होला भन्ने ठानेर अस्पताल पुगे पनि उपचारका क्रममा मिर्गौलामा खराबी रहेको रिपोर्ट आयो ।
चार वर्षअघिको घटना सुनाउँदै प्युठान झिम्रुक-६ का उहाँले भन्नुभयो, ‘चार वर्षअगाडि परीक्षण गराउँदा मिर्गौला ७० प्रतिशत ड्यामेज भएको रहेछ । त्यतिखेर चिकित्सकहरूले डाइलासिस गर्नुपर्दैन । खानेकुरामा कन्ट्रोल गर्दा नर्मल लाइफ बाँच्न सकिन्छ भनेका थिए । तर, डाक्टरले भनेजस्तो भएन ।’
उहाँका अनुसार अहिले दुवै मिर्गौला फेल भएको र मिर्गौलाले रगत छान्ने क्षमता १०/११ प्रतिशतमात्रै छ । सुरुमा किड्सी सेन्टर बालाजुमा उपचार गराउनुभएका उहाँले चार वर्षको बीचमा भएका सबै पैसा सकिएको र अहिले अभावबीच वीर अस्पतालमा उपचार गराइरहेको बताउनुभयो । बालाजुमा जचाउँदा करिब सात हजार पर्ने रेनोलग भन्ने औषधि मासिक खानुपरेको थियो । यस्तै प्रेसर, युरिेकेसिटड, भिटामिन ‘डि’ कम्प्लेक्सहरू खादा भएका सबै पैसा सकिएको उहाँको भनाइ छ । पछिल्लो समय वीर अस्पताल उपचार गराउन पुग्दा प्रेसर, युरिकेसिड र क्याल्सियममात्रै खान भनिएको र नियमित डाइलासिस गराउनुपर्ने उहाँको भनाइ छ ।
केही दिनअघिमात्रै केसी वीरमा डाइलासिस गर्न पुग्नुभएको थियो । उहाँका अनुसार घाँटीबाट पाइप हाल्दा मिस्टेकले फोक्सोमा छोइन पुग्दा थप समस्या भयो । जसका कारण फोक्सोमा रगत जमेर उहाँलाई चार दिन आईसीयूमा राख्नुपर्यो । अहिले मंगलबारमात्रै आईसीयूबाट निकालिए पनि केही समय अझै अस्पतालमै बस्नुपर्ने भनिएको छ ।
महँगो उपचार र पारिवारिक आर्थिक अवस्था राम्रो नभको भन्दै उहाँले उपचारका लागि सहयोगी मनहरूसँग सहयोगको याचना गर्नुभएको छ । ‘उमेर अहिले ३१ वर्ष भयो । भएको पैसा सबै सकियो, सहयोग पाएको खण्डमा उपचारमा सहज हुन्थ्यो कि’, उहाँले भन्नुभयो । दाताहरूको सहयोग पाएमा र कोही डोनर भएमा मिर्गौला प्रत्यारोपण नै गराउने उहाँको धोको छ । उहाँले सहयोग गर्न चाहनेहरूका लागि राष्ट्रिय वाणिज्य बैंक (नयाँबानेश्वर शाखा)को खाता नम्बर १४२०१०००५८२६३०१० उपलब्ध गराउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच