काठमाडौं । होप्स टेबलटेनिस एकेडेमीका वंश सिंघालले छैटौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा स्वर्ण जित्नुभएको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा वंशले आफ्नै क्लबका कृष्ण थापा मगरलाई ११-७, ११-४ र ११-८ को सोझो सेटमा पराजित गर्नुभयो । महिला सिंगल्सको उपाधि पनि होप्सकै मुनमुन कुन्डुले जित्नुभएको छ ।
सम्झना ल्याबोरेटरी क्लिनिकको मुख्य प्रायोजन तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा ललितपुर टेबलटेनिस क्लबद्वारा आयोजित प्रतियोगितामा जम्मा नौ स्पर्धामा प्रतिस्पर्धा भएको थियो । भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा धरान एण्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडेमीकी पूर्वराष्ट्रिय च्याम्पियन गीता थापा मगर, पुरुष ४० वर्षमाथि काष्ठमण्डप टेबलटेनिस एकेडेमीका चन्दन शाही र पुरुष ५५ वर्षमाथि भेडासिंह टेबलटेनिस क्लबका राजन सुब्बाले स्वर्ण जित्नुभयो ।
यू-१६ सिंगल्सको ब्वाइजमा धरानका श्रीराज वर्दान सिंह तथा गल्र्समा धरानकै श्रेया धर च्याम्पियन बन्नुभएको छ । श्रीराज र श्रेया प्रतियोगिताकै उत्कृष्ट खेलाडी पनि घोषित हुनुभयो । टिम इभेन्टको पुरुषमा होप्स तथा महिलामा चीनको लान्फाङ टेबलटेनिस क्लबले स्वर्ण हात पारेका थिए ।
पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोस्रोले १० हजार र तेस्रोले पाँच/पाँच हजार नगद पुरस्कार जिते । कुल नगद पुरस्कार राशि पाँच लाख ८० हजार रुपैयाँ रहेको थियो ।
कान्तिपुर पिङ पोङ क्लबका रिजन शाक्य र प्रमिला जोशी, काष्ठमण्डपका सम्भवराज वन्त, नवबिहानी टेबलटेनिस क्लबका रिभानमणि बज्राचार्य, आर्या समितिकी मनाली चन्द, ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस क्लबकी शुभश्री घिमिरे तथा भिन्तुना बचत तथा ऋण सहकारी लिमिटेडकी उरवी सुवाल उदीयमान खेलाडी चुनिनुभयो ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन, नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष एवं कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, आयोजक ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी, मुख्य प्रायोजक सम्झनाकी निर्देशक रजना जोशीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गर्नुभयो । समापनका अवसरमा टेबलटेनिसको मुख्य प्रशिक्षक नियुक्त भएकोमा राजेन्द्र कपालीलाई प्रशंसापत्रसहित सम्मान गरिएको थियो ।
पाँचदिने प्रतियोगितामा ३९० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट ३६४, भारतबाट २४ र चीनबाट दुई (महिलामात्र) खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच