यस्ता छन् प्रेम प्रस्ताव गर्ने उत्कृष्ट उपाय

हिमालय टाइम्स
Read Time = 7 mins

काठमाडौं । संसारका प्रेमी–प्रेमिका, प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि विशेष दिनका रुपमा रहेको ‘भ्यालेन्टाइन डे’ आउन अब केही दिन मात्र बाँकी छ । भ्यालेन्टाइन डे एउटा विषेश दिन हो जुन दिन आफ्नो प्रेमलाई उत्साहका साथ प्रकट गरिन्छ। प्रेमी प्रेमिकाले आफ्नो प्रेमको सफलतामा खुशी प्रकट गर्दै भविष्य अझै गाढा माया बसोस् भनी कामना गर्ने पनि यही भ्यालेन्टाइन डे हो।

भ्यालेन्टाइन डेमा धेरै नयाँ सम्बन्धहरु जोडिन्छन् । कति पय व्यक्तिहरु आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव गर्न भ्यालेन्टाइन डे को प्रतीक्षामा बसेका छन् । प्रेम प्रस्ताव सायद नयाँ सम्बन्धको सुरुवात हो । जो कोही पनि प्रेमको सुरुवात गजब बनोस भन्ने चाहन्छ । तर प्रेम प्रस्ताव गर्ने तरिका नजान्दा कतिपयलाई समस्या हुँदै आएको छ । आफूले मन पार्ने साथीलाई उत्कृष्ट तरिकाका साथ प्रेम प्रस्ताव गरियो भने पक्कै स्वीकार हुनेछ, अनि सम्बन्ध पनि प्रगाढ बन्ने छ ।

प्रेम प्रस्ताव गर्नु अघि आफैलाई चिन्नु र विश्वासी बनाउनु पर्दछ । प्रस्ताव राख्नुभन्दा अगाडि पहिला आफैलाई आत्मविश्वासी र बलियो बनाउनुहोस । आफ्नो केही कुराहरू नलुकाईकन खुलस्त ढुक्क भएर भन्नुहोस । सृजनात्मक हुनुहोस र उसको पनि बानी व्यवहार, चाल चलनबारे राम्ररी बुझ्नुहोस् । आज हामी तपाईलाई प्रेम प्रस्तावका केही नयाँ तरिकाको बारेमा जानकारी दिँदैछौं ।

डिजिटल प्रस्ताव
तपाईले अलिकति डिजिटल प्रस्ताव गर्ने तरिका बनाउनुहोस्। मन परेको व्यक्तिलाई प्रस्ताव गर्न भिडियो सामाग्री बनाउन सक्नु हुन्छ । यो भिडियो हेरेर आफ्नो मनमा बस्नेहरूलाई के भन्न चाहनुहुन्छ र यो भिडियो युट्युबमा पोस्ट गर्नुहोस्।

भिडियोमा आफ्ना शब्दहरूलाई राम्रो र रचनात्मक तरिकाले राख्नुहोस् ताकि तपाईंले भन्नुभएको प्रत्येक शब्दले तपाईको प्रियजनको मन छुनुपर्छ । भिडियो तपाईले सामाजिक सञ्जालमा अपलोड गरेर मन परेको व्यक्तिलाई लिंक वा भिडियो नै पठाउन सक्नुहुन्छ । यसबाट तपाईको प्रियजनले प्रस्तावलाई गम्भीर रुपमा लिने छ ।

औंठी प्रस्ताव
प्रपोज गर्न, तपाईंले चकलेट, केक वा उसलाई मनपर्ने कुनै चीजमा लुकाएर एउटा सानो औंठी उपहार दिन सक्नुहुन्छ। यसबाट तपाईले मेसेज पनि लेख्न सक्नुहुन्छ। उसले आफ्नो जीवनभर प्रपोज गर्ने यो तरिका याद गर्नेछ।

क्यान्डल लाईट डिनर
आफ्नो प्रेमिकासँगको क्यान्डल लाईट डिनर गर्ने उपाय उसलाई प्रभावित पार्ने उपायमध्ये महत्त्वपूर्ण हो । ढल्कदै गरेको साँझसँगै सुरु हुने क्यान्डल लाईट डिनरको आयोजनाले तपाईँको प्रेमिकालाई मायाको जालमा पार्न सहज बनाईदिन्छ ।

क्यान्डलबाट आएको हल्का उज्यालोमा एक अर्कासँग नजिकिदै आफ्ना प्रेमका शब्दहरू पस्कनु आफैमा रोमान्टिक पल हो । त्यसमा पनि मन परेको मान्छेलाई उसको रुचिको मन पर्ने परिकारहरु बनाउने र नेपथ्यमा हल्का रोमान्टिक सङ्गीत बजाउने गर्नाले माया र रोमान्समा चुर्लुम्म डुब्न थप मद्दत पुग्दछ ।

टी–शर्ट प्रस्ताव
यो विधिले तपाईंलाई प्रस्ताव गर्न धेरै मद्दत गर्न सक्छ। सेतो सादा टी–शर्ट लिनुहोस्। तपाईं र तपाईंको हृदयका भावनाहरू दुवैको फोटोहरू यसमा छाप्नुहोस्। अब यो टी–शर्ट ज्याकेट मुनि लगाउनुहोस्। र जब तपाईं आफ्नो पार्टनरलाई भेट्नुहुन्छ, मिठो मुस्कानका साथ आफ्नो ज्याकेट खोल्नुहोस् र उनको अगाडि उभिनुहोस्। तपाईंको पार्टनर यो देखेर धेरै खुसी हुनेछ।

फिल्मको इन्टरभलमा

रोमान्टिक फिल्म हेर्दा मानिसको मन प्रेमिल बनेको हुन्छ । दुवै जना फिल्म हेर्न जाने र फिल्मको बिच वा ब्रेक टाइममा त्यही प्रेमिल मनको उपयोग गर्ने तरिकाले आफूलाई लागेको कुरा भन्ने वा प्रस्ताव गर्न सकिन्छ । त्यो बेला उनको प्रतिक्रिया कस्तो हुन्छ, जाँच गर्ने मौका पनि हो ।

रेडियो प्रस्ताव

युवतीहरु अक्सर बहादुर युवाहरू तर्फ आकृष्ट हुन्छन् । खुलेर प्रेम प्रस्ताव राख्ने मानिसहरू उनीहरूलाई बढी मनपर्छ ।

त्यसमा पनि विभिन्न सञ्चारमाध्यमहरु जस्तै रेडियो टिभीबाट प्रसारित हुने विभिन्न टेलिफोनिक’ कार्यक्रमहरू मार्फत आफ्नो मायालाई सम्झउन, सुनाउन तथा भावनाहरू राख्न सकिन्छ ।

गीत संगीतहरु उनैलाई समर्पित गर्नुले पनि मायाको डोरीलाई कसिलो बनाउने गर्छ ।

सरप्राइज गिफ्ट

कसैलाई आफूप्रति आकर्षित गर्नका लागि आश्चर्यजनक गिफ्ट दिनु पनि सरल उपाय मध्यको एक हो । बक्समा लुकाएर सरप्राइज दिनु या त्यसमा उनलाई मन पर्ने गिफ्टहरु प्याक गरेर सरप्राइज गिफ्ट दिनुले पनि आकर्षण बढाइराख्न सहयोग गर्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?