
भोजपुर । निर्माण कार्य पुरा भएका भवनहरु सघन शहरी तथा भवन निर्माण आयोजना धनकुटाले हस्तान्तरण गर्न सुरु गरेको छ ।
आयोजनाले जिल्लाको पूर्वी पौवादुङमा गाउँपालिका वडा नम्वर ५ स्थित सानोदुम्मा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएसंगै हस्तान्तरण गरेको छ । २०७५ सालमा नै स्वास्थ्य भवनको निर्माण कार्य सुरु गरिएको भए पनि विभिन्न कारणहरूले रोकिएको थियो । भवन निर्माणको जिम्मा भवन निर्माण आयोजना धनकुटा मार्फत् सुर्य एण्ड जेभि निर्माण कन्स्ट्रक्सनले पाएको थियो ।
नवनिर्मित भवन पौवादुङमा गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईसहितको उपस्थितीमा हस्तान्तरण गरिएको हो । भवन अभावमा स्वास्थ्य सेवा प्रभावकारी बनाउन समस्या भए पनि अव सहज भएको स्वास्थ्य चौकी प्रमुख सुदिप कुमार खड्काले बताउनुभयो ।
लागत मुल्य अभिवृद्धि कर बाहेक भवन निर्माणका लागि एक करोड ४१ लाख लागेको छ । गाउँपालिका उपाध्यक्ष ज्योत्सना राई, शहरी तथा भवन निर्माण आयोजना प्रमुख सुमन कुमार मिश्र, वडाध्यक्ष वमप्रसाद राईलगायत जनप्रतिनिधि, वडावासीलगायतको सहभागितामा भवन हस्तान्तरण गरिएको हो ।
भवन निर्माण कार्यले वडावासीलाई सहजरुपमा स्वास्थ्य सेवा लिनमा मद्दत पुग्ने वडाध्यक्ष बमप्रसाद राईले बताउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच