
काठमाडौं । नेपालमा सबैभन्दा चाँडो वृद्धि भइरहेको टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका तीन उत्पादनहरू सार्वजनिक गरेको छ । १९ वर्षीय नेपाली उद्यमी कुमुद बेगवानीद्वारा साउनमा स्थापित किक लाइफस्टाइल दराजमा तीन हजारमाथि मूल्यका इयरबड बिक्री गर्ने अग्रणी ब्राण्ड बन्न सफल भएको छ । अतुलनीय मूल्यमा नवीन प्रविधि प्रदान गरेकाले किकले नेपाली बजार कब्जामात्र गरेको छैन, गुणस्तरीय उत्पादनको पोर्टफोलियोले विश्व मञ्चमा नेपालको नाम पनि राखेको कम्पनीले उल्लेख गरेको छ ।
कम्पनीले एउटा स्मार्टवाच र दुईवटा इयरबड गरी तीनवटा उत्पादन सार्वजनिक गरेको हो ।
नेक्सा नेबुला एमोलेड स्मार्टवाच प्रिमियम एमोलेड स्मार्टवाच हो, जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । जसमा एसपिओ २ मोनिटरिङ, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्ट्स मोडलगायत थुप्रै आवश्यक हेल्थ फिचर रहेका छन् । जिन्क ए लोय मेटलबाट बनाइएको हुँदा टिकाउका साथै आइपी ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएकाले धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीको दाबी छ । सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच तीन हजार एक सय ९९ रुपैयाँमा उपलब्ध छ ।
त्यस्तै, नेक्सा बड्स एक्स टेन एएनसीमा ३० डिबीको एक्टिभ नोइज क्यान्सलेसन भएकाले बिनाकुनै अवरोध संगीतको आनन्द लिन सकिन्छ । जसको मूल्य दुई हजार एक सय ९९ रुपैयाँ रहेको छ । नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएसको लो ल्याटेन्सी मोड भएकाले गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ भने मूल्य एक हजार आठ सय ९९ रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच