भोजपुरमा दादुरा रुबेला बिरुद्धको खोप अभियान सञ्चालन हुँदै

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 5 mins

भोजपुर । सरकारले आगामी फागुन महिनाबाट देशभर दादुरा रुवेला बिरुद्धको खोप अभियान संचालन गर्ने निर्णय गरेसँगै पहाडी जिल्ला भोजपुरमा पनि खोप अभियान संचालनका लागि आवश्यक तयारी सुरु गरिएको छ ।

भोजपुरमा आगामी फागुन २४ गतेबाट २८ गतेसम्म खोप अभियान संचालन हुने गरी तयारी थालिएको स्वास्थ्य कार्यालय भोजपुरले जनाएको छ । अभियानका बिषयमा बिहिवार कार्यालयले सरोकारवाला निकायहरुसँग अभिमुखीकरण तथा बहस पैरवी समेत गरेको छ । जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईको अध्यक्षता भएको कार्यक्रममा खोप अधिकृत भरत भण्डारीले खोपको लक्ष, उद्धेश्य, अवस्था। चुनौती र भावी कार्यदिशाका बारेमा सरोकारवालाहरुलाई जानकारी गराउनु भएको थियो ।

सरकारले २०२६ सम्म दादुरा रुबेला निवारण गर्ने लक्ष लिएको खोप अधिकृत भण्डारीले बताउनुभयो । भण्डारीले भन्नुभयो, “बालबालिकालाई पूर्ण खोप नलगाउँदा बेलाबेलामा दादुरा रुबेला समुदायमा महामारीको रुपमा देखा पर्दै आएकाले लक्ष हासिल गर्न चुनौती थपिँदै गएको छ ।”
अधिकृत भण्डारीका अनुसार भोजपुरमा खोप अभियान अन्तर्गत छ महिनादेखि १५ वर्ष उमेर मुनिका १२ हजार ६० जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । जसमा चार सय १२ वटा खोप केन्द्र रहेका छन भने आठ सय २४ जना स्वयम सेवक परिचालन गरिने छ । चार सय २० जना स्वास्थ्यकर्मी। ८८ जना स्थानीय सुपरिवेक्षक परिचालन गरिने छ । यस्तै छुट बालबालिकाको दु्रत सर्वेक्षणका लागि दुई सय ४५ स्थान तोकिएको छ ।

समुदायमा रोग विरुद्ध रोग प्रतिरोधात्मक क्षमता बढाई भविष्यमा हुन सक्ने दादुरा रुबेलाको महामारी रोक्न खोप अभियान सुरु गर्न लागिएको हो । खोप सुरक्षित भएकोले ढुक्का भएर लगाउन खोप अधिकृत भण्डारीको सुझाव समेत दिनुभयो । दादुरा–रुवेला सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आगामी फागुन १३ देखि चैत ७ गतेसम्म करिव ५७ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य सरकारले राखेको छ ।
दादुरा–रुवेला सवभन्दा बढी सङ्क्रामक रोग भएको बताउँदै अधिकृत भण्डारीले एक व्यक्तिले १८ जनासम्म यो रोग सार्न सक्ने बताउनुभयो । “दादुरा–रुवेला बढी सङ्क्रामक हुन्छ”, खोप अधिकृत भण्डारीले भन्नुभयो, “त्यसैले यस वर्ष देशभरी नै खोप अभियान सञ्चालन गर्ने तयारी थालेका छौँ ।” यो कार्यक्रम प्रभावकारी बनाउने पहिलो जिम्मेवारी स्थानीय तहहरुले लिनु पर्छ ।

आफनो क्षेत्रमा बालबालिकाहरुको खोपको अवस्था बुझने जिम्मेवारी स्थानीय पालिकाहरुको हुने भएकाले कार्यक्रम सफल बनाउन पालिकाले महत्वपूर्ण भुमिका निर्वाह गर्न जरुरी रहेको जिल्ला समन्वय प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष कमल थुलुङ राईले बताउनुभयो । राईले जनप्रतिनिधीहरुमा सेवाको भावना हुन जरुरी रहेको बताउँदै कार्यक्रमलाई प्रभावकारी बनाउन सवै पक्षले आआफनो दायित्व पुरा गर्नु पर्ने बताउनुभयो ।

अभिमुखीकरण कार्यक्रममा जिल्ला खोप समन्वय समितिका पदाधिकारी, सुरक्षा निकायका प्रमुख, स्वास्थ्यकर्मी, पत्रकार, रेडक्रस, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?