रेडियो रेसुंगाकाे समाचार प्रमुखमा मनसुन

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 3 mins

गुल्मी । रेडियो रेसुंगा प्रालिद्वारा सञ्चालित रेडियो रेसुंगा गुल्मीको समाचार प्रमुखमा मनु सुनार मनसुनलाई नियुक्त गरिएको छ ।

शुक्रबार रेडियो सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षतामा बसेको रेडियो सञ्चालक समितिको बैठकले उहाँलाई रेडियोको समाचार प्रमुखमा नियुक्त गरेको स्टेशन म्यानेजर अनिता खत्रीले जानकारी दिनुभयो ।

लामो समय देखि रेडियोको समाचार शाखामा कार्यरत रही रेडियोप्रति कर्मठ, लगनशील र इमान्दारपूर्वक गरेको कार्यका आधारमा रेडियो सञ्चालक समितिले उहाँलाई समाचार प्रमुखको जिम्मेवारी प्रदान गरेको स्टेशन म्यानेजर खत्रीले बताउनुभयो ।

यस्तै बैठकले यहि फागुन ७ गते रेडियोले मनाउन गइरहेको आफ्नो १६ औं वार्षिकोत्सवका विषयमा पनि विभिन्न निर्णय गरिएको खत्रीले जानकारी दिनुभयो । २०६४ फागुन ७ गते प्रजातन्त्र दिवसको अवसरमा स्थापना भएको रेडियोले फागुन ७ गते रचनात्मक र रेडियोका विविध विषय माथि केन्द्रित भएर वार्षिकोत्सव मनाउँदैछ ।

सोही विषयमा पनि सञ्चालक समितिले रेडियो सञ्चालक, शेयरधनी तथा जिल्लाका बिशिष्ट व्यक्तित्वहरुको सहभागितामा वार्षिकोत्सव मनाउने निर्णय समेत गरेको रेडियो सञ्चालक समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले बताउनुभयो ।

अहिले रेडियो सञ्चालक समितिमा अध्यक्ष श्रेष्ठसँगै सञ्चालक सदस्यहरुमा कृष्णप्रसाद पोखरेल, रामप्रसाद पन्थी, यज्ञप्रसाद शर्मा पन्थी, जनार्दन घिमिरे, रेशम कुँवर र युवराज भण्डारी हुनुहुन्छ । यस वर्ष रेडियो सञ्चालक समितिको अधिवेशन समेत भएकाले त्यसका लागि आवश्यक तयारी गर्ने लगायतका विषयमा समेत निर्णय भएको स्टेशन म्यानेजर खत्रीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?