
मुम्बई । रवि तेजा स्टारर फिल्म ‘ईगल’ को फ्यानहरु लामो समयदेखि पर्खिरहेका थिए । चलचित्र अन्ततः हलहरुमा रिलिज भएको छ र दर्शकहरुबाट धेरै माया पाइरहेको छ ।
यसअघि यो फिल्म महेश बाबुको गुंटुर करमसँग रिलिज हुने थियो तर केही कारणले फिल्मको रिलिज मिति सारिएको थियो । अब रजनीकान्तको फिल्म ‘लाल सलाम’सँगै ‘ईगल’ सिनेमाघरमा रिलिज भएको छ ।
‘ईगल’ ले पहिलो दिन बक्स अफिसमा राम्रो सुरुवात गरेको छ । सकनिल्कको रिपोर्टका अनुसार फिल्मको प्रारम्भिक आँकडा अनुसार ‘ईगल’ले अहिलेसम्म ५ करोड कमाइसकेको छ । विशेष कुरा के छ भने यो कलेक्शन रजनीकान्त स्टारर फिल्म ‘लाल सलाम’ भन्दा धेरै हो जसले बक्स अफिसमा पहिलो दिन मात्रै ४ करोड कमाएको छ ।
पिपल मिडिया फ्याक्ट्रीको ब्यानरमा बनेको कार्तिक गट्टामानेनी निर्देशित चलचित्र ‘ईगल’मा रवि तेजा मुख्य भूमिकामा छन् । यसका अलावा काव्या थापर, अनुपमा परमेश्वरन, विनय राई, नवदीप र मधु पनि महत्वपूर्ण भूमिकामा देखिएका छन् ।
-एजेन्सीको सहयोगमा
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच