न्याय माग्दै कञ्चनपुरबाट पैदल हिडेका मिटरब्याज पीडित नवलपरासीमा

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 2 mins

नवलपरासी । ६ बुँदे माग राख्दै संघर्षरत मिटरब्याज पीडितहरु आज पश्चिम नवलपरासी आईपुगेका छन् । न्यायको माग गर्दै मार्चपास सुरु गरेका मिटरब्याज पीडित १२ औँ दिनमा पश्चिम नवलपरासी आइपुगेका हुन् ।

माघ १६ गते कञ्चनपुरको महेन्द्रनगरबाट न्यायको माग गर्दै मार्च पास (पैदल यात्रा) सुरु गरेका उनीहरु करिब ४ सय ५० किलोमिटरको लामो दुरी पार गरेर यहाँ आइपुगेका हुन् ।

जाँचबुझ आयोगबाट पनि आफुहरुले न्याय न्याय नपाएको भन्दै निर्णायक आन्दोलनका लागि मार्चपासमा निस्किएको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिको भनाई छ ।

संघर्ष समितिले मिटर ब्याज सम्बन्धी कानून संशोधन र न्यायिक आयोग गठन गर्नुपर्ने लगायतको ६ बुँदे माग राख्दै मेची–महाकालीबाट एक साथ पैदल यात्रा सुरु गरेको हो ।

उनीहरुमध्ये अधिकांशलाई चिसोले समातेको छ भने खुट्टा सुन्निन थालेका छन् । टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा पर्न थालेका संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले दिनुभयो ।पैदल यात्राका कारण उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?