
काठमाडौं । फागुन १८ गतेदेखि सिनेमाघरमा आउने तयारीमा रहेको चलचित्र ‘अगस्त्य च्याप्टर १’को प्रेम दिवसको छेको पारेर प्रेमभावको गीत ‘मायामा तिम्रै मायामा’ सार्वजनिक गरिएको छ । ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको गीतमा एसडी योगी र विज्ञानी पराजुलीको स्वर छ । एसडी योगीको संगीत र मिक्सिङ/मास्टरिङ रहेको गीतमा सविन एकतारेको शब्द, रिकेश गुरुङ संगीत निर्माता हुनुहुन्छ ।
गीतमा चलचित्रका प्रमुख कलाकार सौगात मल्ल, मलिका महत र रविन्द्र झालगायत फिचर्ड रहनुभएको छ । सौरभ चौधरीको लेखन तथा निर्देशन रहेको चलचित्रमा सौगात मल्ल, नाजिर हुसेन, निश्चल बस्नेत, मलिका महत, प्रमोद अग्रहरि, बेन बस्नेत, विजय बराल, रविन्द्र झा, शिशिर वाङ्देल, सिम्रन खड्का, प्रकाश दाहाल, प्रदीप ढकाल, गजेन्द्र त्रिपाठी, सचिन चन्द्रलगायतको अभिनय छ ।
डार्क हर्स इन्टरटेनमेन्ट र सेभेन सिज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्रमा प्रकाश मल्ल, अनिश तामाङ, विनोद पौडेल निर्माता, तथा विश्व गौचन, अभिषेक चौधरी कार्यकारी निर्माता रहनुभएको छ ।
चलचित्रमा सञ्जय लामाको छायांकन, मनोज श्रेष्ठको भिएफएक्स, कविराज गहतराजको कोरियोग्राफी, सौरभ शर्मा, भास्कर स्वारको पाश्र्व संगीत, सुप्रिम पराजुलीको कलर छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच