
सन् १९३७ तिर जब कश्मिरका राजा हरि सिंहले लोकतन्त्रको स्थापना गर्न चाहेका थिए, जसरी राजा महेन्द्रले आफ्नो जीवनको अन्तिमतिर नेपालमा दलीय प्रजातन्त्र दिने सोच राखी त्यसको तयारी गरिरहेका थिए । राजा महेन्द्र चितवन सवारी हुँदा उनी स्वस्थ्य नै थिए । तर, अचानक शरीर अस्वस्थ्य भई उनी दियालो बंगलामा आराम गरिरहेका थिए । नेपाली चिकित्सकहरूले उनको इलाज गरिरहेका थिए तर एक्कासि दिल्लीको एम्स अस्पतालका मुटुरोग विशेषज्ञ एम.एल. भाटियालाई चितवन बोलाइयो । उनी आएर राजाको उपचार सुरु गरेपछि राजा महेन्द्रको निधन भयो । राजा महेन्द्रको यो मृत्यु सामान्य मृत्यु न भएर शंकास्पद मृत्यु वा हत्या भन्न मिल्छ ।
युवराज वीरेन्द्रलाई पनि यो मृत्यु शंकास्पद लागेको थियो तर उनी राजा भएपछि चूप लागे । राजा महेन्द्रको मृत्युबारे अमेरिकी नागरिक जोन कोपम्यानको विवादास्पद भनाइ आएको थियो । राजा महेन्द्रलाई हृदयाघात हुनुभन्दा पहिला राजा महेन्द्र र कोपम्यानसँगै बसी हिृवस्की खाइरहेका थिए । उनले नै शाही डाक्टरलाई बोलाएका थिए । कोपम्यानलाई सिआइएको एजेन्टको रूपमा पनि हेरिएको छ । राजा महेन्द्रको शंकास्पद मृत्युमा कतै रअ र सिआइएको हात त थिएन भन्ने शंका जान्छ । राजा महेन्द्रको निधनपश्चात् कोपम्यान तुरुन्त नेपाल छाडेर भागे । जब कि उनले राजा महेन्द्रसँग २०२१ साउन २० गते टाइगर टप होटल चलाउन १५ वर्षको लिजमा लिएका थिए तर उनले होटल चलाउने जिम्मा जिम एडवर्डलाई दिएका थिए । राजाको हत्याअगाडि होटल जिम्मा लगाउनु शंकास्पद देखिन्छ ।
राजा महेन्द्रले पूर्व-पश्चिम राजमार्गको स्थापना गरेका थिए भने चीनसँग यातायात सजिलो बनाउन कोदारी राजमार्ग निर्माण गरेका थिए । नेपालबाट इण्डियन शिक्षा, इण्डियन रुपैयाँको चलनचल्ती बन्द गरेर त्रिभुवन विश्वविद्यालय स्थापना गर्नुका साथै र नेपाली रुपैयाँ प्रचलनमा ल्याएका थिए ।
राजा त्यहाँ दलीय प्रजातन्त्र दिने र बीपी कोइरालालाई प्रधानमन्त्री बनाउन चाहन्थे । राजा महेन्द्रले दियालो बंगलामा १० गतेको मन्त्रिपरिषद्को बैठकपछि १७ माघमा अर्को बैठक बोलाएका थिए । राजाको बहुदलीय व्यवस्था दिने र बीपीलाई प्रधानमन्त्री बनाउने योजनासहितको पत्र दिएर श्रीभद्र शर्मालाई सारनाथ पठाइएको थियो । यसको जानकारी एकजना मन्त्रीले गोप्य रूपमा इण्डियालाई दियो । इण्डिया बीपीलाई प्रधानमन्त्री भएको देख्न चाँहदैनथ्यो । १७ गतेको बैठक बस्ने अघिल्लो दिन नै राजा महेन्द्रको शंकास्पद निधन भयो ।
२०२८ असोज १९ गतेदेखि २९ गतेसम्म बारा र रौतहटमा जातीय दंगा भएको थियो । यसअघि केही जनजातिका अगुवाहरूले दिल्लीमा इन्दिरा गान्धीलाई भेटेका थिए । यो दंगामा १ हजार ८७४ घर जलाइएका थिए भने ५१ जना मानिसको हत्या भएको थियो । यस घटनाले राजा महेन्द्र पीडित थिए । इन्दिरा गान्धीले तराई इण्डियामा गाभ्न षड्यन्त्र गरिरहेको उनले थाहा पाए । राजा महेन्द्रबाट इन्दिरा गान्धी रुष्ट थिइन् । राजा महेन्द्रले दरबार र मन्त्रिपरिषद्को बैठकमा इण्डियन प्रतिनिधिको उपस्थितिलाई हटाइदिएका थिए । उनले सत्रवटा चेकपोष्टहरूबाट इण्डियन सेनालाई निष्काशन गरेका थिए ।
उनले पूर्व-पश्चिम राजमार्गको स्थापना गरेका थिए भने चीनसँग यातायात सजिलो बनाउन कोदारी राजमार्ग निर्माण गरेका थिए, नेपालबाट इण्डियन शिक्षा, इण्डियन रुपैयाँको चलनचल्ती बन्द गरेर त्रिभुवन विश्वविद्यालय स्थापना र नेपाली रुपैयाँ प्रचलनमा ल्याएका थिए । नेपाललाई औद्योगिकीकरण गरी आत्मनिर्भर बनाएका थिए, विदेशहरूमा नेपाली राजदूतावासहरू खोली विश्वका शक्ति सम्पन्न राष्ट्रहरूसँग दौत्य सम्बन्ध कायम गरी मित्रता बढाएका थिए । नेपाललाई राष्ट्रसंघको सदस्यता दिलाएका थिए । देशभक्तिपूर्ण उनको कार्यले नेपालसँग इन्दिरा गान्धी रिसाएकी थिइन् । इण्डिया आफ्ना छिमेकीहरूको कहिल्यै पनि मित्र हुन सकेन ।
कश्मिरका राजा हरिसिंहले कश्मिरमा प्रजातन्त्र दिने कुरा नेहरूलाई सहृय भएन । कश्मिरका प्रधानमन्त्री शेख अब्दुल्ला पनि प्रजातन्त्र दिने पक्षमा थिएनन्, उनी पनि राजा हरिसिंहबाट असन्तुष्ट थिए किनकि त्यहाँको नियम थियो प्रधानमन्त्री नै पछि गएर राजा हुने । राजालाई शेख अब्दुल्लाको कुकृत्यहरू थाहा थियो । त्यसैले उनले देशमा प्रजातन्त्र दिन चाहेका थिए । उता शेख अब्दुल्ला र नेहरूबीच गहिरो मित्रता थियो । शेख अब्दुुल्लाले राजाविरुद्ध विद्रोह गरे र उनले सेनालाई पनि भड्काउन थाले । राजा हरिसिंहले समयमै त्यस विद्रोहलाई कुल्चेर शेख अब्दुल्लालाई देशद्रोहको अपराधमा जेल हाले । नेहरू आफ्नो परम मित्र शेख अब्दुल्लाको मुद्दा लड्न कश्मिर आए । उनी सरासर राजा हरिसिंहले बसालेको मन्त्री परिषदको बैठकमा पसे ।
राजा हरि सिंहले सोधेपछि उनले भने म इण्डियाको भावी प्रधानमन्त्री हूँ । राजा हरिसिंहले भने, तपाईं जोसुकै हुनुहोस् तर यहाँ विनाअनुमति आउन सक्नुहुन्न । राम्रो यो हुनेछ कि तपाई यहाँबाट गइहाल्नुहोस् । नेहरूले उनको कुरा नमानेपछि राजा हरि सिंहले रिसाउँदै दरबारमै सबैको अगाडि नेहरूको गालामा थप्पड हानेर भने, यो तिम्रो कांग्रेस होइन, न त तिम्रो ब्रिटिश शासन, जहाँ तिमीले चाहेका सबै कुरा हुन्छन् तर म वर्तमानमा कश्मिरको राजा हूँ । यति भन्दै राजा हरि सिंहले नेहरूलाई दरबारवाट बाहिर निकालिदिए । भनिन्छ, नेहरू दिल्ली आएर एकदिन शेख अब्दुल्लालाई कश्मिरको सर्वोच्च पदमा बसाल्नेछु भनी शपथ खाए, जो पछि गएर उनले पूरा गरे ।
इण्डिया स्वतन्त्र हुँदा ५६५ वटा राज्यहरू स्वतन्त्र थिए र उनीहरूलाई इण्डिया वा पाकिस्तान जता विलय हुनु छ वा स्वतन्त्र रहनुछ, निर्णय गर्ने अधिकार ब्रिटिश सरकारले ती राज्यहरूलाई दिएका थियो । नेहरूले कश्मिरबाहेक अरू राज्यहरूलाई इण्डियामा विलय गर्ने जिम्मा सरदार बल्लभ भाइ पटेललाई दिएका थिए । उनले साम, दाम, दण्ड, भेद नीति अपनाएर ती राज्यहरूलाई इण्डियामा गाभे । त्यस बेलाको सबैभन्दा ठूलो राज्य हैदरावाद निजाम स्वतन्त्र रहन चाहेको थियो । हैदरावादलाई इण्डियामा गाभ्न नसकेपछि नेपालबाट सैन्य सहयोग मागियो र नेपालबाट दश हजार सेना हैदरावाद पुगेपछि हैदरावाद इण्डियामा गाभिएको थियो । लाला लाजपत रायले नेपाललाई पनि इण्डियामा गाभ्न चाहेका थिए तर तत्काललाई नेहरूले त्यसलाई रोके ।
नेहरूलाई राजा हरिसिंहले थप्पड हानेको कुरालाई अर्को पक्षले खण्डन गर्दै नेहरू कश्मिर गएका थिए तर राजा हरि सिंहसँग भेट नभएकोले फर्केर आएका हुन् भनेका छन् । २०४६ सालको आन्दोलनका लागि इण्डियाले नेपालका कांग्रेस र कम्युनिष्टहरूको मेल गराइदियो । आन्दोलनको सुरुवातमा चन्द्रशेखरलगायतका नेता दिल्लीबाट गणेशमानको घरमा आए र राजा तथा पञ्चायती व्यवस्थाविरुद्ध आगो ओकलेर गए । आन्दोलन सुरु भयो । इण्डियाले १८ महिनासम्म नाकाबन्दी गरेर नेपालीलाई दुःख दियो ।
यसको पछाडिको घटना हो, राजीव गान्धी र सोनिया गान्धी नेपाल भ्रमणमा आउँदा सोनिया ख्रिष्टान भएकोले उनलाई पशुपति मन्दिरमा प्रवेश दिइएन । यसबाट राजीव गान्धी दम्पती रिसाएका थिए । यसको प्रतिशोध राजासँग उनीहरूलार्ई लिनुथियो । प्रतिशोध लिन उसले नेपालका दलहरूलाई एक गरेर आन्दोलनको सुरुवात गरेको थिए । उनका हजुरबुबा नेहरूलाई पनि कश्मिरका राजा हरिसिंहसँग प्रतिशोध लिनुथियो । समयले कोल्टे फे¥यो । इण्डिया स्वतन्त्र हुँदै विभाजन भयो ।
सन् १९४७, १ देखि २२ अक्टुबरसम्म पाकिस्तानको सहयोगमा त्यहाँका कबिलाईहरूले स्वतन्त्र जम्मु तथा कश्मिरको बारामुला क्षेत्रमाथि आक्रमण गरेर हिन्दूहरूको आमहत्या र लुटपाट गरे । राजा हरि सिंंह २५ अक्टुबरका दिन कश्मिर छोडी जम्मु आए । २७ अक्टुबर बिहानै इण्डियन सेना कश्मिर पुगे । १९४८ को वसन्त ऋतुमा पाकिस्तान र इण्डियाबीच कश्मिरमा युद्ध भयो । पछि युद्ध विरामका बेला कश्मिर दुई भागमा बाँडियो, पश्चिमी कश्मिरलाई आजाद कश्मिर नाम दिइयो जो अहिले पाकिस्तानमा छ ।
सुरुमा जम्मु-कश्मिरलाई इण्डियामा विलय गराउनुपर्छ भनेर नेहरूलाई साथ दिने शेख अब्दुल्ला पछि गएर जम्मु–कश्मिरलाई स्वतन्त्र बनाउनुपर्छ भनेर आन्दोलित भएपछि उनलाई जेल पठाइयो । इण्डिया आफ्नो छिमेकीहरूको कस्तो मित्र हो जम्मु–कश्मिर, गोवा र सिक्किमलाई हेरे पुग्छ ।
राजा हरि सिंह आफू हिन्दू राजा भएकाले कश्मिर पाकिस्तानमा गाभिनुभन्दा इण्डियामा गाभिएको ठीक ठानेर जम्मु-कश्मिर इण्डियामा विलय हुन तयार भएको पत्र गभर्नर जनरल लर्ड माउण्ट बेटेनलाई लेखे । तर, इण्डियाले विलय सन्धिमा दस्तखत गर्नुअगाडि नै आफ्नो सेना कश्मिर पठाइसकेको थियो तर सन्धिमा दस्तखत गराउँदा एक दिन अगाडिको मिति राखी सन्धि गराएर जम्मु-कश्मिरमा आफ्नो सेना सन्धिपछि पठाएको वैधानिकता प्रदान गरे । जब कि इण्डियन विश्लेषक तथा राजनीतिज्ञहरूले इण्डियाले दाबी गरेनुसार सेना पठाउनुपूर्व नै सन्धि भइसकेको कुरा नकार्छन् । नेहरूले राष्ट्र संघमा जम्मु-कश्मिरका जनताले जे चाहन्छन् त्यही गर्न आफू राजी भएकाले जम्मु–कश्मिरको सम्बन्धमा जनमत संग्रह गराउनुपर्छ भनेका थिए ।
राजा हरि सिंहले गभर्नर जनरल माउण्ट बेटेनलाई लेखेको पत्रमा विलयबारे लेखेका थिए, म श्रीमन् इन्द्र महेन्द्र राजराजेश्वर महाराजा श्री हरि सिंहजी, जम्मु एण्ड कश्मिर नरेश तथा तिब्बतादि देशाधिपति, जम्मु तथा कश्मिरका शासक, आफ्नो राज्यको सम्प्रभुताको विलयमाथि मोहर लगाउँदै छु । म घोषित गर्दछु कि म इण्डियाको गभर्नर जनरलको इच्छाले इण्डिया डोमिनियनमा विलयलाई स्वीकार गर्दछु । गभर्नर जनरलले विलयको प्रस्ताव स्वीकार गर्दै टिप्पण्ी लेखे, कश्मिरमा जब कानुन व्यवस्था ठीक हुनेछ र उसको भूभागबाट आक्रमणकारीहरूलाई लखेटिन्छ, इण्डियामा विलयको मुद्दा त्यहाँका जनताबाट निर्णय गराइनेछ ।
तर, न त उनको न त नेहरूको प्रस्ताव जम्मु-कश्मिरमा लागू भयो बरू मोदीले विधिवत् उसलाई इण्डियाको प्रान्त नै बनाए । यहाँ ध्यान दिने कुरा हो इण्डिया स्वतन्त्र हुँदा उसलाई इण्डियन डोमिनियन भनेर स्वतन्त्रता दिइएको थियो । डोमिनियनको अर्थ हो, ब्रिटिश अधिराज्यको अधीनस्थ अर्ध स्वतन्त्र सत्ता जसलाई स्वायत्त उपनिवेश वा डोमिनियन भनिन्छ । जम्मु-कश्मिर बेलायती अधीनस्थ स्वायत्त सत्ताको रूपमा इण्डियामा गाभिएको हो न कि सार्वभौमता सम्पन्न इण्डियाको हैसियतमा । इण्डिया अझै डोमिनियन नै हो ।
दुई देशबीच भएको सन्धिको मौलिक सन्धिपत्र इण्डियन गृह वा परराष्ट्र मन्त्रालयले त्यहाँका अनुसन्धाता र इतिहासकारहरूले माग गर्दा सन्धिपत्र गायब भएको भन्ने गर्छन् । त्यसैले त्यो सन्धि विवादास्पद छ भन्न सकिन्छ । जसरी अहिले सुगौली सन्धिको कागजात हामीसँग छैन र यो विवादास्पद छ । नेहरूले जम्मु-कश्मिरलाई विशेष अधिकार दिएका थिए जुन मोदीले २०१९ मा खारेज गरेर जम्मु-कश्मिरलाई दुई टुक्रा गरेर लद्दाखलाई छुट्टै प्रान्त बनाए । ९ अगष्ट २०१९ मा मात्र जम्मु-कश्मिरलाई वैधानिक रूपमा इण्डियाको अंक बनाउने इण्डियाका प्रधानमन्त्री मोदी नै हुन् ।
उक्त धारा अनुसार जम्मु-कश्मिरमा कुनै पनि इण्डियन वा अन्य विदेशीले घर जग्गा, सम्पत्ति किन्न नपाउने व्यवस्था थियो । जम्मु-कश्मिरको आफ्नै संविधान, कानुन र झण्डासमेत थियो । रक्षा र परराष्ट्र इण्डियाको मातहत थियो । इण्डियामा गाभिएपछि जम्मु-कश्मिरको प्रधानमन्त्री नेहरूको प्रियपात्र शेख अब्दुल्लालाई बनाइयो । यसरी नेहरूले राजा हरि सिंहसँग प्रतिशोध लिएका थिए । सुरुमा जम्मु-कश्मिरलाई इण्डियामा विलय गराउनुपर्छ भनेर नेहरूलाई साथ दिने शेख अब्दुल्ला पछि गएर जम्मु-कश्मिरलाई स्वतन्त्र बनाउनुपर्छ भनेर आन्दोलित भएपछि उनलाई जेल पठाइयो । इण्डिया आफ्नो छिमेकीहरूको कस्तो मित्र हो जम्मु-कश्मिर, गोवा र सिक्किमलाई हेरे पुग्छ । हाम्रा नेताहरूले पनि यस इतिहासबाट शिक्षा लिने कि ?
सरदार वल्लभभाई पटेल हुनु पर्नेमा लाला लाजपत राय भएकोले सच्चाई पढ्न हुन अनुरोध छ
सरदार वल्लभभाई पटेल हुनु पर्नेमा लाला लाजपात राय भएकोले सच्चाई पढ्न अनुरोध छ ।