मुगु । सर्वोच्च अदालतको आदेशले गृहमन्त्रालयले फागुन १ गते जनयुद्ध दिवसको नाममा सार्बजनिक बिदा नभएको प्रष्ट पारिरहेको बेला मुगुको खत्याड गाउँपालिकाले सार्बजनिक बिदा दिने निर्णय गरेको छ ।
खत्याड गाउँपालिकाका काबा अध्यक्ष भरतबहादुर शाहीद्वारा हस्ताक्षरित सूचनामा जनयुद्ध सुरु भएको २०५२ फागुन १ गतेकाे स्मरण गर्दै २०८० फागुन १ गते खत्याड गाउँपालिकामा सार्बजनिक बिदा दिने भनि सूचना प्रकाशित गरेको हो ।
जारी सूचनामा भनिएको छ - 'संघिय लोकतान्त्रिक गणतन्त्र स्थापनाको जगका रूपमा रहेको महान जनयुद्ध सुरु भएको दिन २०५२ साल फागुन १ गते लाई स्मरण गर्दै मिति २०८० साल फागुन १ गते मंगलवारका दिन जनयुद्ध दिवसको अवसरमा यस खत्याड गाउँपालिका अन्तर्गतका सम्पूर्ण सरकारी तथा गैर सरकारी कार्यालयहरु र विद्यालयहरुमा समेत सार्वजनिक विदा दिने निर्णय भएको हुदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।'
यो गाउँपालिकामा माओवादी केन्द्रबाट विजयी हुनुभएको अजबहादुर शाही अध्यक्ष र नेपाली कांग्रेसका सरिता रोकाया उपाध्यक्ष हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच