बझाङ । बझाङमा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जारी रहँदा किशोर विवेक सागर निकै चर्चामा रहनुभयो । ‘हाइजम्प’ प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेपछि उहाँ चर्चाको शिखरमा पुग्नुभएको हो । खप्तडछान्ना गाउँपालिकास्थित खप्तड माविमा अध्ययनरत सागरले झोतामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको हाइजम्पतर्फ स्वर्ण पदक जित्नुभएको हो । पाँच दशमलब छ फिट उचाइ जम्प गर्दै उहाँले स्वर्णपदक हात पार्नुभएको हो ।
सागर खप्तड माविमा कक्षा ९ मा पढ्नुहुन्छ । स्थायी ठेगाना बाजुरा भए पनि खप्तड माविमा अध्ययन गरिरहनुभएका उहाँ विशेष गरी एथलेटिक्स र संगीतमा रूचि राख्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘मेरो रूचिको खेल एथलेटिक्सभित्र उफ्रने, फ्याँक्ने, दगुर्ने नै हो । संगीत तथा डान्सिङ पनि उत्तिकै मन पराउँछु ।’
उहाँका अनुसार खप्तड माविमा भर्ना हुनुअघि पनि उहाँ एथलेटिक्सका विभिन्न विधामा अभ्यास गर्नुहुन्थ्यो । ‘यस्तो अवसर आउला भन्ने सोचेको थिइनँ । मौका मिल्यो, मेरो अभ्यासले पनि काम गर्यो,’ सागरले भन्नुभयो ।
चौध वर्षअघि बाजुराको खप्तड छेडेदह गाउँपालिका-६ मा जन्मिनुभएका सागर पाँच वर्ष नपुग्दै बुबा बुदेसँग भारतको नयाँदिल्ली जानुभयो । पछि आमासहित दाइदिदीहरू गएपछि उहाँहरूको बाल्यकालको समय भारतमै बित्यो ।
किशोरावस्थादेखि नै भारतमा चौकीदारी गर्दै आउनुभएका बुदे बेला-बेलामा सबै सन्तानलाई भारतमा घुमाउनुहुन्थ्यो । सागर जन्मेपछि भने उहाँहरूको बसाइ भारतमै भयो । घरमा बसेर पाँच सन्तानलाई पाल्न, पढाउन निकै समस्या भएपछि सागर परिवारले केही काम गर्ने र सन्तानलाई पढाउने सोचपछि उहाँहरू दिल्लीमा बस्न थाल्नुभयो ।
सागरकी जेठी दिदी विपनाका अनुसार संगीतमा रूचि भएका भाइहरूको पढाइ बिग्रिन थालेपछि सबै भाइबहिनीलाई लिएर बुबाआमा भारत जानुभएको थियो । भारतमा पनि उहाँहरूलाई पढाइ गर्न त्यति सजिलो थिएन । ‘भारतमा पनि बुबाआमाले कमाएको पैसाले खान र पढाउन मुस्किल भयो । त्यसै बीचमा जेठो र माइलो भाइले पढाइ छोडे,’ विपनाले भन्नुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच