समाजवादीका नेता श्रेष्ठद्वय एमाले फर्किए

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पाटी (एकीकृत समाजवादी) का पोलिट्ब्युरो सदस्य प्रतापलाल श्रेष्ठ र केन्द्रीय कमिटी सदस्य शङ्करनारायण श्रेष्ठलाई आज नेकपा एमालेमा प्रवेश गराउनुभएको छ ।

अध्यक्ष ओलीले फेरि आफ्नै घर फर्किएर बुद्धिमत्तापूर्ण निर्णय गरेको भन्दै उहाँहरूलाई धन्यवाद पनि दिनुभयो । “तपाईंहरु त्यहाँ बसिरहेको भए आफ्नो र पार्टीमा खासै प्रगति हुँदैनथ्यो तर देशका लागि अहित पनि हुँदै जान्थ्यो”, ओलीले भन्नुभयो ।

पुरानो पार्टीमा फर्केका नेताद्वयले आत्मालोचना गर्दै अब नेकपा एमालेको सङ्गठन विस्तारमा दत्तचित्त भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?