काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न कोहीपनि स्वतन्त्र नभएको बताउनु भएको छ ।
साथै महामन्त्री शर्माले कांग्रेस–माओवादी संयुक्त सरकार पाँचै वर्ष टिक्ने दाबी गरिरहेका बेला गठबन्धनमा देखिएको समस्यालाई ढाकछोप गरिँदा समस्या आउन सक्ने बताउनु भएको छ ।
पार्टीको यही फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकमा पेश गर्न तयार पारिएको राजनीतिक प्रतिवेदनमा शर्माले यस्तो उल्लेख गर्नुभएको छ । उहाँले कोशी प्रदेशमा भएको राजनीतिक घटनालाई लिएर यस्तो टिप्पणी गर्नुभएको हो ।
प्रतिवेदनमा भनिएको छ–‘कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउँदा र गत राष्ट्रिय सभा चुनावमा माओवादी उम्मेदवार पराजित हुँदा सहयात्री दलले हामीप्रति असन्तोष प्रकट गरेको स्थिति छ, यो घटनाक्रमलाई गम्भीर समीक्षा गर्न, कमजोरी पहिचान गर्न र सहमतिपूर्वक निदान पहिल्याउन जरुरी छ ।’
शर्माले कांग्रेस–माओवादी नेतृत्वको गठबन्धनको सरकार पाँचै वर्ष टिक्छ भनेर दाबी गरिएपनि गठबन्धनमा देखिएको समस्यालाई ढाकछोप गरियो भने गठबन्धनको स्थायित्वमा नै प्रश्न उठ्ने पनि उल्लेख गर्नुभएको छ ।
शर्माले भन्नुभएको छ–‘गठबन्धनको सरकार पाँच वर्ष चल्नुपर्छ भन्ने अपेक्षा, निर्णय र चाहना बोकिरहँदा समस्याको ढाकछोपले होइन खुला छलफल र आपसी विश्वासले मात्र त्यो सम्भव हुने तथ्य भुल्न मिल्दैन, ‘हामीले के हेक्का राख्नैपर्छ भने गठबन्धन छोड्न हामी कुनै पनि दल स्वतन्त्र छौं, तर गठबन्धनमा रहेर स्वतन्त्र गतिविधि गर्न हामी स्वतन्त्र छैनौँ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच