काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको बताउनुभएको छ ।
शुक्रवार इप्पानले आयोजना गरेको जलविद्युत बीमा नीति र दृष्टिकोण कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा जलविद्युत उत्पादनको ठूलो सम्भावना रहेको भन्दै उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताउनु भयो ।
उहाँले पछिल्लो समय दक्षिण एशियाका देशहरुमा समेत जलविद्युत उत्पादन प्रति उत्साह वृद्धि भएको दाबी गर्नुभयो । उहाँले भारत लगायत बाहिरि लगानीकर्ताको आकर्षण समेत जलविद्युत क्षेत्रमा बढिरहेको उल्लेख गर्नुभयो ।
उहाँले उर्जा क्षेत्रलाई अघि बढाउँदै उर्जामार्फत मुलुकमा आर्थिक समृवृद्धि ल्याउने विषयमा सकारको ध्यान केन्द्रित रहेको बताउनु भयो । उहाँले कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्यलाई नेपालबाट सानो योगदान हुने भन्दै अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएको बताउनु भयो । उहाँले नेपाल भित्र २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीतिसँगै निजी क्षेत्रलाई प्रवेश गराउँदा अहिले ठूलो आयोजनामा समेत लगानी गर्नसक्ने अवस्था सिर्जना भएको बताउनु भयो ।
उहाँले जलविद्युतको क्षेत्र समस्यारहित नभएको भन्दै यस क्षेत्रका समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको बताउनु भयो । उहाँले वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको बताउनु भयो । उहाँले क्षति भएको आयोजनामा कर छुट दिने विषयमा छलफल भइरहेको बताउनु भयो । उहाँले जोखीमअनुसार ट्यारिफ र ननट्यारिफ गरी दुई किसिमको रेट तय गर्नु गलत भएको बताउनु भयो ।
उहाँले दुई थरिको बीमा रेट राख्नु उपयुक्त नभएको बताउनु भयो । उहाँले बजारमा चलेको रेटमा नै जानुपर्ने बताउनु भयो ।
उहाँले भन्नुभयो,‘नेपालमा विद्युत उत्पादनको ठूलो सम्भावना छ । क्लिन र ग्रिन ऊर्जा भएको हुनाले विश्वको ध्यान नेपालमा केन्द्रित भएको छ । दक्षिण एसिया क्षेत्रमा पनि ऊर्जा प्रतिको आकर्षण वृद्धि भएको छ । कार्वन उत्सर्जनलाई न्युनिकरण गर्ने लक्ष्य छ । त्यसमा नेपालबाट सानो योगदान हुनसक्छ भन्ने हिसाबले अन्तर्राष्ट्रिय समुदाय र क्षेत्रिय देशहरु पनि सकारात्मक देखिएका छन् । नेपाल भित्र पनि २०४६ सालपछि जलविद्युत सम्बन्धि खुला नीति आयो । निजी क्षेत्रलाई प्रवेश गराउने नीति त्यो बेलाको सरकारले ल्यायो । सानो लगानी गरेका जलविद्युतका लगानीकर्ताले अहिले ठूला आयोजनाहरु गर्दैछन् । सयौंको सख्यामा जलविद्युतमा लगानीकर्ताहरु छन् । जलविद्युतको क्षेत्र समस्यारहित छैन । ती समस्या समाधान गर्न सरकारले कोशिस गरिरहेको छ । वन र वातावरण सम्बन्धि समस्या बारम्बार छलफल भइरहेको छ । सहज गर्ने काम गरिरहेका छौं । बसाईंसराई भएर गाउँ खाली भएसँगै गाउँघर पनि जङ्गल बन्दै गएका छन् । अहिले नेपालको जङ्गल २७ बाट ४५ प्रतिशत पुगेको छ । ऊर्जा क्षेत्रको बीमाका सन्र्दभमा नेपालीहरुको प्रवृत्ति तत्काल रिटन आउनुपर्ने रहेको छ । लिन पाईराखोस् तर सकेसम्म दिन नपरोस् भन्ने हरेक क्षेत्रमा छ । हामीले लिने मात्रै भन्दा पनि दिने काम पनि गर्नुपर्छ । लिने मात्रै हुँदा केही समयलाई फाइदा भएपनि लामो समयको लागि फाइदा हुँदैन । बीमाको विषयमा शिक्षा लिन जरुरी छ । ट्यारिफ र ननट्यारिफ रेटका कुरा आएका छन् । यसमा सरकारले निश्चित रेट हुनुपर्छ भन्ने गलत कुरा हो । त्यो बजारको रेटमा नै जानुपर्छ । म बोलाएर कुरा गर्छु । बजार रेटमा जानुपर्छ ।’
उहाँले बीमाबाट तत्काल रिटन खोज्ने प्रविधि रहेको भन्दै तत्काल रिटन खोज्ने भन्दा पनि पोलिसी छनोटमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । उहाँले कम्पनीहरुले बीमासम्बन्धि ज्ञान लिन आवश्यक रहेको बताउनु भयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच