काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा कोशी प्रदेशको नामाकरण्को विषयलाई प्रमुख एजेण्डाको रुपमा समावेश गर्न १४ जिल्ला सभापतिहरुले माग गरेका छन् ।
भोलिबाट कांग्रेसको महासमिति बैठक सुरु हुने भएको छ ।
कोशी प्रदेशका १४ जिल्ला सभापतिले आइतबार एक विज्ञप्ति जारी गर्दै महासमितिमा नामाकरणको मुद्दालाई प्रमुख एजेण्डा बनाउन माग गरेका हुन् ।
कोशी नामकरण सम्बन्धमा पुनर्विचार गर्न आग्रहसहितको प्रेस विज्ञप्ति र प्रदेश सरकारले वार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरिसकेको अवस्थामा महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रवेश गराउन अनुरोधसहित संयुक्त विज्ञप्तिमार्फत् नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
विज्ञप्तिमा विष्णु कुमार राई (सभापती, खोटाङ) हिमाल कार्की (सभापती, उदयपुर) देउ कुमार थेवे (सभापती, झापा) नामगेल जाङबु शेर्पा, डिग बहादुर लिम्बु (सभापती, मोरङ) दिपक खड्का (सभापती, संखुवासभा) अर्जुन तुम्बाम्फे (सभापती, तेहथुम) केदार भण्डारी (सभापती, सुनसरी) तेजेन्द्र खनाल (सभापती, ओखलढुङ्गा) डम्मर खड्का (सभापती, इलाम) रुपनारायण जगेवु (सभापती, पांचथर) दिनेश राई (सभापती, धनकुटा) विनोद राई वान्तवा (सभापती, भोजपुर) र गजेन्द्र तुम्याहाङ सभापती, ताप्लेजुङले हस्ताक्षर गर्नुभएकाे छ ।
विज्ञप्तिमा भनिएको छ ‘प्रदेश नं १ (कोशी प्रदेश) नामांकरण बारे हाम्रो विगतको नाममा पुर्न बिचार गर्न आग्रह सहित यस विषयमा प्रदेश सरकारले बार्ता टोली गठन गरी सम्बन्धित पक्षलाई वार्ताको आव्हान गरी सकेको सन्दर्भमा पुनः स्मरण गराउँदै मिति २०८०-११-७ देखि १० सम्मको महासमिति बैठकमा मुख्य एजेण्डाको रुपमा विषय प्रबेश गराउन अनुरोध सहित ध्यानाकर्षण गराउँदछौं’।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच