
शुभाकर विश्वकर्मा/हिटा
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका-८ पिपरीमा शीतल वनबाटिका र जैविक पार्क निर्माण हुने भएको छ । कोहलपुरको सांस्कृतिक तथा ऐतिहासिक पहिचान झल्किने गरी पिपरीमा जैविक पार्क निर्माण हुने भएको हो ।
पार्कको एक कार्यक्रमबीच कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले शिलान्यास गर्नुभएको छ । वडा नम्बर ८ को सिक्टा नहर नजिकै निर्माण हुने पार्कको धार्मिक विधिअनुसार शिलान्यास गरिएको हो । सो अवसरमा बोल्दै नगरप्रमुख आचार्यले पार्कलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो ।
उहाँका अनुसार पार्कले कोहलपुरको पहिचान झल्काउनेछ । उहाँले पार्क निर्धारित समयमै सम्पन्न गर्न पनि ध्यानाकर्षण गराउनुभएको छ । कोहलपुर नगरपालिका-८ का वडाध्यक्ष लालबहादुर रानाले कोहलपुरकै पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने बताउनुभयो । वडा ८ को मुख्य आकर्षणका रूपमा पार्क रहने वडाध्यक्ष रानाले बताउनुभयो । वनबाटिका तथा जैविक पार्क विविधताले युक्त हुने रानाको भनाइ थियो ।
शीतल वनबाटिका तथा जैविक पार्कका १५ वटा विशेषता रहेको उहाँले बताउनुभयो । पार्कमा पिकनिक पार्क, मेरो विद्यालय पार्क, बुद्ध बाटिका, झोलुंगे पुल निर्माण गरिनेछ भने बालबाटिका, हरियाली, रमणीय फूलबारी, ध्यान योगा, धार्मिक कार्यक्रम केन्द्र, विवाह व्रतबन्ध केन्द्र रहनेछन् । त्यस्तै, जैविक तथा जडीबुटी अध्ययन अनुसन्धान केन्द्र, स्विमिङ पुल तथा बोटिङ, प्राकृतिक फिटनेस केन्द्र, मिनी सभा हल, मिनी चिडियाखाना, विभिन्न संग्रहालय, खेलकुद मैदान रहनेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच