कर्णालीमा पुनः वर्षा र हिमपात

निर्पेन्द्रबहादुर मल्ल
Read Time = 4 mins

मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लाहरूमा गएराती देखि वर्षा र हिमपात शुरू भएको छ ।केही दिन यता अत्यधिक चिसो बढेपछि आईतवार राति देखि मुगु लगायत हुम्ला, जुम्ला,डोल्पा लगायतका जिल्ला हरूमा वर्षा सँगै हिमपात शुरू भएको छ ।

विशेष गरी उच्च हिमाली बस्तीहरूमा हिमपात भएको छ भने बेसी तिरको भागमा पानी परेको छ विशेष गरि रारा लगायत मुगुका उच्च स्थानमा भारी हिमपात भएको छ । मुर्माटप, चुचेमारा, घुच्चि, ताल्च, चंखेली, लखु, मुन्दु, लिउडी, बाम , चाक्पाँडे, सोरूकोट, घट्टललेक, तलिलेक, मह, दोल्फु, उपल्लो मुगु , किम्री, ताखा, खारी, र हुम्ला जिल्लाको सदरमुका सिमिकोट लगायत डोल्पा जिल्लाका उच्च हिमाली भेगमा समेत भारी हिमपात भएको छ । यस अघि माघ महिनाको तेस्रो हप्तामा थोरै भए पनि कर्णालीमा वर्षा र हिमपात भएको थियो ।

खेतीपाति गर्ने कृषकका लागि तेतिखेरको वर्षा र हल्का हिमपातले थोरै भएपनि राहत मिलेको भएपनि सन्तुष्टि भने थिएनन् । सोमबार राती देखिको वर्षा र हिमपातले भने कृषकका लागि ठुलो राहत मिलेको छ ।

लामो समय वर्षा र हिमपात पर्याप्त नहुँदा वातावरण बिग्रिएर रोगब्याधि फैलिनुका साथै खोलानाला र पानीका मुहान समेत सुकेको थिए । हिउँद ऋतु सकिनै लाग्दा भएको हिमपात लाई कर्णाली बासी कृषक लगायत मुगु बासी जनताहरूले बिशेष महत्व दिएका छन् । भने कृषकहरू खुशी भएका छन् । खेत गडामा सुकेका हिउँदे बाली पलाउने र बालिनाली सप्रने आशमा कृषकहरू रहेका छन् ।

जताततै सुख्खा मौसमले मानिस हरूमा भाईरल रूघाखोकी का बिरामीहरूको संख्या बढ्दै गएको थियो । यस हिमपातले मुगु लगायत साबिक कर्णाली का हुम्ला, जुम्ला, डोल्पा, कालिकोटका र मध्य र शुदुर पश्चिमका हिमाली जिल्लाका जनताहरूलाई ठुलो राहत मिलेको छ । वर्षा र हिमपात भएपछि साबिक कर्णालीको हवाई सेवा समेत अवरुद्घ भएको छ ।

हुम्लाको सदरमुकाम सिमिकोट लगायत उच्च स्थानका बस्तिहरूमा व्यापक हिमपात भएपछि स्थानिय जनजिबन अत्यन्तै कष्टकर बनेको बनेको समिकोट निबासी नबिना चन्दले बताउनु भयो । यसपटकको हिमपातले बालिनाली सप्रिने आसमा कृषकहरू रहेको पनि उहाले बताउनु भयो ।

मुगु जिल्ला सदरमुकाम आसपासमा मात्र गय राती देखि आज विहान ८ :४५ बजेसम्म २० मिलि मिटर पानी परेको गमगढी हावापानी केन्द्रले जनाएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?