भक्तपुर । भक्तपुर नगरपालिका वडा नं ६ देकोचा भक्तपुरमा बिहीबार भएको शैक्षिक प्रदर्शनी १५ हजार भन्दा बढीले अवलोकन गरेको जनाइएको छ ।
भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप माविको २४औँ, ख्वप कलेजको २२ औं, शारदा क्याम्पस माविको ३३ औ र ख्वप कलेज अफ लको प्रथम वार्षिक उत्सवको अवसरमा भएको शैक्षिक प्रदर्शनीको काठमाडौं उपत्यका र उपत्यकाबाहिरको काभ्रेका विभिन्न स्कुलका विद्यार्थी, शिक्षक, अभिभावकलगायतले अवलोकन भ्रमण गरेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार प्रदर्शनीका लागि करिव दुई सय स्कुलहरुलाई निमन्त्रणा दिइएको थियो । दुईसय मध्ये झण्डै एक सय ६० वटा स्कुलहरुबाट अवलोकनका लागि विद्यार्थी आए, आयोजक कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भने, वढीजसो भक्तपुर, काभ्रे र काठमाडौंको पूर्वी क्षेत्रका स्कुलका विद्यार्थीहरु वढी आए ।
प्रदर्शनीमा दुई सय वढी स्टलहरु रहेका थिए । स्टलकर्ता विद्यार्थीहरुको संख्या मात्रै पनि एक हजार भन्दा वढी थिए । दुई सय स्टलमा एउटा स्टलका लागि पाँंच जना विद्यार्थी मात्रै सालाखाला हिसा वगर्ने हो भने ती विद्यार्थी मात्रै एक हजार भन्दा वढी हुन्छन् । स्टलहरु कलेजको प्रांगन र कक्षाकोठाकोठामा थिए । कलेजका दुई वटा भव्य भबनका कक्षाकोठाहरुका साथै कलेज प्रांगनमा पनि स्टलहरु रहेका थिए । कलेज झण्डै ५५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यति धेरै स्टल, अवलोकन भ्रमणमा सहभागी हुने संख्या सम्भवतः भक्तपुर जिल्लाकै यो सवैभन्दा ठूलो शैक्षिक प्रदर्शनी हुने अनुमान गरिएको छ ।
यी चार वटा शैक्षिक संस्थाहरुमा मात्रै पाँंच हजार पाँंच सय भन्दा वढी विद्यार्थीहरु अध्ययनरत छन् । यी कलेजहरुमा विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र कानुन गरी पाँंच वटै संकायहरुमा कक्षा ११ देखि स्नातकोतर तहसम्मको अध्यापन हुन्छ । यी कलेजहरुमा ६५ वढी जिल्लाका विद्यार्थीहरु अध्ययनरत रहेको कलेजले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच