काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. केशरजङ्ग बराल नियुक्त हुनुभएको छ।
त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बराललाई उपकुलपति नियुक्त गर्नुभएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राई नेतृत्वमा रहेको उपकुलपति छनोट तथा सिफारिस समितिले बरालसहित चित्रबहादुर बुढाथोकी र टंकनाथ धमलाको नाम सिफारिस गरेको थियो ।
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका छन् ।
उनी जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध पुनरावेदन लिएर उच्च अदालत पाटन पुगेका हुन् ।
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिनुभएको छ ।
बिहीवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशभरका दुध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दुध र नक्कली मह विदेशबाट आयात भइरहेको बताउनु भयो । उहाँले किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामथ्र्य राख्ने चेतावनी दिनुभयो ।
काठमाडौं । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले उत्कृष्ट संविधान बनाएपनि देशको अर्थतन्त्रले धान्न नसकेको बताउनु भएको छ ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भण्डारीले यतिधेरै मन्त्रीहरू प्रदेशदेखि केन्द्रसम्म आवश्यक नभएको बताउनु भयो ।
उत्कृष्ट संविधान बनाएको भएपनि देशको अर्थतन्त्रले धान्न नसकेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, हामी यतिधेरै सांसद्, प्रदेश र प्रदेशसभा सदस्य, यतिधेरै मन्त्रीहरु प्रदेशदेखि केन्द्रसम्म आवश्यक थियो ? के सरकारको काम ठेक्कापट्टा लगाउने मात्रै हो ? आफ्नो स्वार्थमात्रै हो ?'
गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको भन्दै सांसद भण्डारीले यस्तो व्यवस्था अन्य मुलुकमा नभएको दाबी गर्नुभयो ।
काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता/कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताउनु भयो । उहाँले अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको जिकिर गर्नुभयो ।
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०८० पेस गर्ने समयमा आवश्यक गणपूरक सङ्ख्या नपुगेपछि बैठक स्थगन भएको छ ।
उक्त विधेयक पेस नगर्न नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पेस गर्नुभएको विरोधको सूचनालाई सभामुख देवराज घिमिरेले बैठकमा निर्णयार्थ पेस गर्न लाग्दा नेकपा (एमाले) का सचेतक महेश बर्तौलाले गणपूरक सङ्ख्या यकिन गर्न माग गर्नुभएको थियो ।
तत्पश्चात् सभामुख घिमिरेले तीन मिनेटको जनाऊ घन्टी बजाई सचिवालयमार्फत सङ्ख्या यकिन गर्न लगाउँदा एक चौथाइ सदस्य नपुगेपछि विधेयक पेस गर्ने कार्यसूची हटेको हो ।
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचारमा मुछिएका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरी राख्नु नहुने बताउनुभएको छ ।
बिहीवार महासमिति बैठकको समापन सत्रलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारमा मुछिएका काँग्रेसका नेता, कार्यकर्ताहरुलाई पार्टीको वरिपरि राख्नु नहुने बताउनुभएको हो । उहाँले दाग लागेका मन्त्रीहरुलाई घर पठाउनुपर्ने बताउनु भयो । उहाँले काम गर्न नसक्ने मन्त्रीहरुलाई विश्राम दिनुपर्ने पनि बताउनु भयो ।
महामन्त्री थापाले काम गर्न नसक्ने वडाअध्यक्षलाई १० वर्ष घर बसाउनुपर्ने पनि बताउनु भयो । उहाँले यसो गर्न सकेमा काँग्रेसको शक्ति बढ्ने बताउनु भयो । उहाँले ०४६ साल पछाडी सार्वजनिक जिवनमा बसेको मान्छेको सम्पत्ति छानविन गर्नुपर्ने पनि बताउनु भयो । आफूमा लागेको दाग मेटाएर पार्टीलाई बलियो बनाउन सकेमा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरुलाई कारबाही गर्न सकिने उहाँको भनाई छ ।
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपमा समृद्ध र संगठनात्मक रुपमा सबल बनेको बताउनुभएको छ ।
बिहीवार पार्टीको महासमिति बैठक समापन सत्रलाई सम्बोधन गर्दै सभापति देउवाले महासमिति बैठकबाट पार्टी वैचारिक रुपले समृद्ध र संगठनात्मक रुपले सवल भएको सन्देश प्रवाह भएको बताउनुभएको हो ।
उहाँले पार्टी अनुशासित, ऊर्जावान र एकतावद्ध बनाउने सन्देश पनि प्रवाह भएको बताउनु भयो । उहाँले महासमिति बैठकले नेपाल र नेपाली काँग्रेसको राजनीतिमा एक विशिष्ट ऐतिहासिक महत्व राख्ने विश्वास व्यक्त गर्नुभयो ।
काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले नेपाललाई धर्म निरपेक्ष बनाउनु दुर्भाग्य भएको बताउनुभएको छ ।
बिहीवार महासमिति बैठकको समापन समारोहमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले धर्म निरपेक्ष र सापेक्ष नभइ स्वतन्त्र हुने बताउनु भयो । उहाँले धर्म निरपेक्ष बनाउन नै गलत भएको बताउनु भयो । उहाँले ३६४ दिन काँग्रेस बन्ने, मत हाल्ने दिन अरु बन्नेकुरा राम्रो नहुने बताउनु भयो ।
काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद शान्ति कँडेलले बागमती, गण्डकी र कर्णाली प्रदेश आसपासमा हल्का वर्षा भइरहेको जानकारी दिनुभयो ।
काठमाडौँमा पछिल्लो एक घण्टादेखि विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ । काठमाडौँको उत्तरी भेग आसपासमा पानी परिरहेको छ । महाशाखाका अनुसार पछिल्लो छ घण्टामा पाल्पाको अर्चलेमा चार दशमलव आठ मिलिमिटर वर्षा भएको छ ।
काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाउनुभएको छ ।
बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा चरम निराशा व्याप्त रहेको बताउनु भयो । उहाँले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको बताउनु भयो ।
काठमाडौं । क्यानडा र नेपाल ए बीचको तीन खेलको एकदिवसीय श्रृंखला क्यानडाले २—१ ले जितेको छ । तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाल एलाई ४ विकेटले हराएको हाे ।
बिहीवार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा क्यानडाले नेपाल एलाई ४ विकेटले पराजित गरेसँगै श्रृंखलामा पनि अधिकार जमायो । १८२ रनको मध्यम लक्ष्य पाएको क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच