आन्तरिक राजस्व कार्यालय जुम्लाद्वारा १८ करोड २६ लाख राजस्व संकलन

विजय रावत जुम्ला, संवाददाता
Read Time = 2 mins

जुम्ला । आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको साउनदेखी माघसम्म ७ महिनाको अवधिमा १८ करोड २६ लाख ३४ हजार राजस्व संकलन गरेको छ ।

कार्यालयले वार्षिक राजस्व उठाउने लक्ष्य ५९ करोड १० लाख रहेको छ । चालु आर्थिक वर्षको माघसम्म १८ करोड बढी राजस्व संकलन गर्न सफल भएको आन्तरिक राजस्व कार्यालय जुम्लाका प्रमुख सुब प्रसाद रिजालले जानकारी दिनुभयो ।

कार्यालयले आयकरतर्फ १३ करोड २६ लाख ३४ हजार, मूअकरतर्फ ३ करोड ६२ लाख ९ हजार, ब्याजतर्फ २३ लाख १ हजार, अन्तःशुल्कतर्फ ७१ लाख ९४ हजार घर बहाल कर ३३ लाख २६ हजार राजस्व संकलन भएको कार्यालयका सुचना अधिकारी धनसिंह थापाले जानकारी दिनुभयो ।

जम्मा करदाता संख्याः अन्तःशुल्क इजाजत लिएका पाँच सय ८१, भ्याटतर्फ एक हजार पाँच सय २२ र आयकरतर्फ १५ हजार दुई सय १४ जना रहेको कार्यालया सुचाना अधिकारी थपाको भनाइ छ । जुम्लामा एक-एक पटक व्यवसायिक र निर्माण व्यवसायिकलाई गरी दुई पटक करदाता शिक्षा दिएको छ । एकपटक कालिकोट र दुई पटक मुगुका व्यवसायिकलाई करदाता सम्बन्धी शिक्षा दिएको कार्यालय प्रमुख रिजालको भनाइ छ ।

चालु आवको सात महिनामा विविध शीर्षकअन्तर्गत सो सङ्ख्यामा राजस्व उठेको कार्यालयले जनाएको छ । उक्त कार्यालयको जुम्लालगायत मुगु र कालीकोट जिल्लामा कार्य क्षेत्र रहेको छ । बजार अनुगमन र कर शिक्षा स्थानीय तहमै पुगेर दिइने कार्यालयको योजना रहेको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?